default_image

3 years ago

February 27, 2023

पहिलो पटक नेपालको लगातार पाँच जित

233 views

0 Bookmark

दुबई (हाम्रो खेलकुद) – नेपालले पहिलो पटक आफ्नो ओडिआई क्रिकेट इतिहासमा लगातार पाँच जितका साथ कीर्तिमान बनाएको छ। आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले पपुवा न्युगिनीलाई चार विकेटले हराउँदै कीर्तिमान कायम गरेको हो ।

यो नेपालको ओडिआईमा लगातार पाँचौं जित हो । यसअघि ओडिआई क्रिकेटमा नेपालले लगातार चार जित सम्म हात पारेको थियो । यसअघि ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले ओडिआईमा २०२० र २०२१ मा गरेर लगातार चार जित हात पारेको थियो । २०२० मा आइसिसी विश्वकप लिग-२ मा फेब्रुअरीमा घरेलु मैदान टियुमा अमेरिकालाई ३५ रनमा अल आउट गर्दै ८ विकेटको जित हात पारेको थियो ।

त्यसपछि २०२१ सेप्टेम्बरमा पपुवा न्युगिनीसँगको दुई ओडिआई खेलको सिरिजमा दुई विकेट र १ सय ५१ रनले विजयी भएको थियो । लिग(२ मा नै अमेरिकालाई पहिलो खेलमा पाँच विकेटले हराउँदा लगातार चार जित हात पारेको थियो । यस पटक रोहित पौडेलको कप्तानीमा नेपालले नयाँ इतिहास रचेको हो । नेपालले सबै खेलमा टस जित्दै लक्ष्य पछ्याउँदा खेल जितेको हो ।

नेपालले अघिल्लो साता घरेलु मैदान टियुमा पहिलो खेलमा नामिबियालाई दुई विकेट, दोस्रो खेलमा स्कटल्यान्डलाई तीन विकेट, नामिबियालाई तीन विकेट र स्कटल्यान्डलाई दुई विकेटले हराएको थियो । नेपाल शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न अव बाँकी ७ मध्य ६ खेल जित्नुपर्ने हुन्छ ।

नेपालले दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा घरेलु टोली युएईसँग दुई र पपुवा न्युगिनीसँग एक खेल खेल्नेछ । त्यस सिरिजपछि घरेलु मैदान टियुमा युएई र पपुवा न्युगिनीसँग समान दुई खेल खेल्नेछ ।

नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकका साथ छैटौं स्थानमा छ । आइसिसी विश्वकप लिग–२ का शीर्ष तीन टोलीले आगमी जुन जुलाईमा जिम्बावेमा हुने सोझै विश्वकप छनोट खेल्न पाउनेछन् । स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारसहित ५० अंकका साथ च्याम्पियन बन्दै विश्वकप छनोटमा पुगेको छ । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेको छ ।

अव नेपाल, नामिबिया र युएई मध्य एक टोली शीर्ष तीनमा रहँदै विश्वकप छनोट सोझै खेल्न पाउनेछन् । नेपाललाई शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता जोगउन अव चार खेल जित्नुपर्ने हुन्छ ।

लिग २ का पुछारका चार टोलीले क्वालिफायर प्ले अफ खेल्नु पर्ने हुन्छ । क्वालिफायर प्लेअफमा लिग २ का पुछारका चार टोली र क्यानडा र जर्सी रहनेछन् । लिग २ का शीर्ष पाँच टोलीले सोझै ओडिआई मान्यता प्राप्त गर्नेछन् । क्वालिफायर प्लेअफमा शीर्ष चारमा रहने दुई टोलीले ओडिआई मान्यता प्राप्त गर्नेछन् ।

अंक तालिका

स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै अन्त्य गर्यो । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई २८ खेलमा १३ मा जित र १२ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २९ खेलमा २ मा जित र २६ मा हारसहित ५ अंक जोड्दै पुछारमा छ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.