3 years ago
February 27, 2023
दुबई (हाम्रो खेलकुद) – नेपालले पहिलो पटक आफ्नो ओडिआई क्रिकेट इतिहासमा लगातार पाँच जितका साथ कीर्तिमान बनाएको छ। आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले पपुवा न्युगिनीलाई चार विकेटले हराउँदै कीर्तिमान कायम गरेको हो ।

यो नेपालको ओडिआईमा लगातार पाँचौं जित हो । यसअघि ओडिआई क्रिकेटमा नेपालले लगातार चार जित सम्म हात पारेको थियो । यसअघि ज्ञानेन्द्र मल्लको कप्तानीमा नेपालले ओडिआईमा २०२० र २०२१ मा गरेर लगातार चार जित हात पारेको थियो । २०२० मा आइसिसी विश्वकप लिग-२ मा फेब्रुअरीमा घरेलु मैदान टियुमा अमेरिकालाई ३५ रनमा अल आउट गर्दै ८ विकेटको जित हात पारेको थियो ।
त्यसपछि २०२१ सेप्टेम्बरमा पपुवा न्युगिनीसँगको दुई ओडिआई खेलको सिरिजमा दुई विकेट र १ सय ५१ रनले विजयी भएको थियो । लिग(२ मा नै अमेरिकालाई पहिलो खेलमा पाँच विकेटले हराउँदा लगातार चार जित हात पारेको थियो । यस पटक रोहित पौडेलको कप्तानीमा नेपालले नयाँ इतिहास रचेको हो । नेपालले सबै खेलमा टस जित्दै लक्ष्य पछ्याउँदा खेल जितेको हो ।
नेपालले अघिल्लो साता घरेलु मैदान टियुमा पहिलो खेलमा नामिबियालाई दुई विकेट, दोस्रो खेलमा स्कटल्यान्डलाई तीन विकेट, नामिबियालाई तीन विकेट र स्कटल्यान्डलाई दुई विकेटले हराएको थियो । नेपाल शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न अव बाँकी ७ मध्य ६ खेल जित्नुपर्ने हुन्छ ।
नेपालले दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा घरेलु टोली युएईसँग दुई र पपुवा न्युगिनीसँग एक खेल खेल्नेछ । त्यस सिरिजपछि घरेलु मैदान टियुमा युएई र पपुवा न्युगिनीसँग समान दुई खेल खेल्नेछ ।

नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकका साथ छैटौं स्थानमा छ । आइसिसी विश्वकप लिग–२ का शीर्ष तीन टोलीले आगमी जुन जुलाईमा जिम्बावेमा हुने सोझै विश्वकप छनोट खेल्न पाउनेछन् । स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारसहित ५० अंकका साथ च्याम्पियन बन्दै विश्वकप छनोटमा पुगेको छ । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा रहँदै विश्वकप छनोटमा पुगेको छ ।
अव नेपाल, नामिबिया र युएई मध्य एक टोली शीर्ष तीनमा रहँदै विश्वकप छनोट सोझै खेल्न पाउनेछन् । नेपाललाई शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता जोगउन अव चार खेल जित्नुपर्ने हुन्छ ।
लिग २ का पुछारका चार टोलीले क्वालिफायर प्ले अफ खेल्नु पर्ने हुन्छ । क्वालिफायर प्लेअफमा लिग २ का पुछारका चार टोली र क्यानडा र जर्सी रहनेछन् । लिग २ का शीर्ष पाँच टोलीले सोझै ओडिआई मान्यता प्राप्त गर्नेछन् । क्वालिफायर प्लेअफमा शीर्ष चारमा रहने दुई टोलीले ओडिआई मान्यता प्राप्त गर्नेछन् ।
अंक तालिका
स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै अन्त्य गर्यो । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ ।
अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई २८ खेलमा १३ मा जित र १२ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी २९ खेलमा २ मा जित र २६ मा हारसहित ५ अंक जोड्दै पुछारमा छ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]