3 years ago
February 28, 2023
दुबई (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा आज मलेसियासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान १०: ४५ मा आजमानमा रहेको मलेक क्रिकेट ग्राउन्ड-२ मा सुरुहुनेछ।

नेपाल लगातार चौथो जित निकाल्ने सोचका साथ मैदान प्रवेश गर्नेछ। नेपाल ३ खेलमा ६ अंकका साथ नेटरनरेटका साथ दोस्रो स्थानमा छ । युएई ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । ६ टोली सहभागी प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले आगमी वर्ष श्रीलंकामा हुने यू१९ विश्वकप खेल्न पाउनेछ।
नेपाल र युएई प्रमुख दावेदार टोली हुन् । नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रन, कुवेतलाई २ सय ४३ रन र हङकङलाई ९ विकेटले हराएको थियो । यता मलेसियाले कुवेतलाई ५ विकेटले हराएको थियो । सिंगापुरसँग मलेसियाले सुपर ओभरमा पराजित हुन पुगेको थियो ।
नेपालले ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । कप्तान देव खनालले कुवेतविरुद्ध १ सय २५ र अर्जुन कुमालले १ सय ८ रनको सानदार शतकीय इनिङ खेलेका थिए । युवा खेलाडी आकाश त्रिपाठीले पनि दुई अर्धशतक प्रहार गरि सकेका छन् । आकाशले हङकङविरुद्ध ६४ र सिंगापुरविरुद्ध ७८ रनको योगदान दिएका थिए ।

विशाल विक्रम केसीले पनि राम्रो प्रदर्शन गर्दै आएका छन् । नेपालको शीर्षक्रम ब्याटिङ मजबुत रहेको छ । नेपालको सिनियर टोलीबाट खेलि सकेका देवको प्रदर्शन महत्वपूर्ण हुनेछ । अर्जुन कुमालको विकेट लिन विपक्षी बलरलाई सहज भने हुनेछैन ।
यता तीव्र गतिका बलरमा हेमन्त धामी र आकाश चन्दले राम्रो प्रदर्शन गर्दै आएका छन् । कुवेतविरुद्ध आकाशले ६ विकेट लिएका थिए । हेमन्तले पावर प्लेमा नयाँ बलका साथ सानदार बलिङ गर्दै आएका छन् । हेमन्त विपक्षीलाई घातक बन्न सक्छन् । स्पिनर सुवास भण्डारीले पनि उच्च प्रदर्शन गर्दै आएका छन् ।
सुवासले हङकङविरुद्ध १० ओभरमा ५१ बल डट राख्दै १० रन खर्चेर २ विकेट लिएका थिए । उनलाई दीपेश कँडेलले साथ दिनेछन् । नेपालले निर्णायक मानिएको युएईसँगको खेल बिहीबार खेल्नेछ । आज अन्य यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा युएईले कुवेत तथा हङकङले सिंगापुरसँग खेल्नेछन् ।
नेपाली यू–१९ टोली :
देव खनाल (कप्तान), दीपेश कँडेल (उपकप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर (विकेटकिपर) दीपक डुम्रे (विकेटकिपर), हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, सुवास भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]