default_image

3 years ago

February 28, 2023

युएईलाई हराए नेपालले विश्वकप खेल्ने

298 views

0 Bookmark

भुपेन्द्र जि.सी./दुबई

नेपाली यू-१९ टोलीले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा अन्तिम खेलमा युएईलाई पराजित गरे ८ वर्षपछि विश्वकप खेल्नेछ । नेपाल र युएईले सुरुवाती चार खेलमा लगातार जित हात पारेपछि अन्तिम खेलको विजेता टोली २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकप खेल्ने पक्का भएको हो ।

नेपालले मंगलबार मलेसियालाई १० विकेटले हराउँदै लगातार चौथो जित हात पार्यो । उता युएईले कुवेतलाई ८ विकेटले हराउँदै लगातार चौथो जितका साथ शीर्षस्थान कायम राखेको छ । नेटरनरेटका कारण युएई शीर्ष स्थानमा छ । युएई ४ खेलमा ८ अंकका साथ ४.२६८ नेटरनरेट सहित शीर्ष स्थानमा छ।

नेपाल ४ खेलमा ८ अंकका साथ दोस्रो स्थानमा छ । नेपालको नेटरनरेट ३.८२९ छ । नेपाल र युएईबीचको खेल बिहीबार आजमानका रहेको इडेन गार्डेनमा हुनेछ । उक्त खेलको विजेता टोली प्रतियोगिता च्याम्पियन बन्नेछ । प्रतियोगिता च्याम्पियन टोलीले २०२४ मा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ । नेपाल आठौं र युएई चौथो पटक यु१९ विश्वकप खेलने सोचका साथ मैदान प्रवेश गर्नेछन् ।

नेपालले सिंगापुरलाई ९६, कुवेतलाई २ सय ४३, हङकङलाई ९ विकेट र मलेसियालाई १० विकेटले हराएको थियो । घरेलु टोली युएईले मलेसियालाई ७ विकेट, हङकङलाई १ सय ६३ रन, सिंगापुर र कुवेतलाई ८–८ विकेटले हराएको थियो । पहिलो खेलमा नेपाललाई सहज जित दिलाउन आकाश त्रिपाठीले ७८ र विशाल विक्रम केसीले ६३ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।

बलिङमा हेमन्त धामी र सुवास भण्डारीले दुई दुई विकेट लिएका थिए । दोस्रो खेलमा कुवेतलाई फराकिलो अन्तरले हराउन ओपनर अर्जुन कुमालले १ सय ८, देव खनालले १ सय २५ र आकाश चन्दले ६ विकेट लिएका थिए ।

पहिलो खेलमा आकाश त्रिपाठी, दोस्रो खेलमा आकाश चन्द, तेस्रो खेलमा हेमन्त धामी र चौथो खेलमा दीपेश कँडेल प्लेयर अफ द म्याच चुनिएका थिए । हङकङलाई हराउन नेपालका हेमन्त धामीले ३, आकाश चन्द र सुवास भण्डारीले २–२ विकेट लिएका थिए । ब्याटिङमा आकाश त्रिपाठीले ६४ र उत्तम थापामगरले ३९ रन जोडेका थिए ।

मलेसियालाई १० विकेटले हराउन स्पिनर दीपेश कँडेलले १० ओभरमा ४ मेडनसहित ५१ बल डट राख्दै ११ रन खर्चेर ४ विकेट लिए । दीपक बोहरा ३८ र अर्जुन कुमाल २१ रनमा अविजित रहे ।

नेपालको कप्तानी देव खनाल र युएईको आयन अफ्जल खानले गरेका छन् । यी दुवै युवा खेलाडीले सिनियर टोलीबाट खेलेका छन् । यी दुई खेलाडीको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । तुलनात्मक रुपमा युएई भन्दा यू१९ मा नेपाल मजबुत देखिएको छ । युएईको मध्यक्रम ब्याटिङ नेपालको भन्दा तुलनात्मक रुपमा कमजोर छ । तीव्र गतिको बलिङ पनि नेपालको तुलनात्मक रुपमा मजबुत छ ।

२०१९ को एसिया क्षेत्र छनोटमा नेपाल डकवर्थ लेविस पद्धतिको आधारमा युएईसँग एक रनले पराजित भएको थियो । त्यहिँ एक रनको कारण २०२० मात्रै होईन २०२२ को पनि विश्वकप खेल्न पाएन । २०२१ मा कोरोनाको कारण यू१९ विश्वकप एसिया क्षेत्र छनोट हुन सकेन । पछिल्ला पाँच छनोटको प्रदर्शनको आधार मान्दा युएई अघि रहेको थियो । युएई अघि रहनमा त्यहिँ एक रनको जित निर्णायक बनेको थियो ।

कप्तान देव खनालले त्यो दिन जसले उत्कृष्ट क्रिकेट खेल्छ त्यसैले जित्ने बताउँछन् । ‘इतिहास लेखाउन अव एक कदम टाढा छौं । मलाई लाग्छ युएई र हाम्रो टिम बराबर छ । बिहीबार जसले उत्कृष्ट क्रिकेट खेल्छ उसले जित्ने हो । टिममा राम्रो माहोल । सबैजना ८ वर्षपछि विश्वकप खेल्न चाहन्छन् । आशा गरौं राम्रो हुनेछ’, देव खनालले भने ।

मुख्य प्रशिक्षक जगत टमाटा पनि विश्वकप खेल्ने नै बताउँछन् । ‘अव एउटा खेल हो । हाम्रो लक्ष्य पनि जसरी पनि विश्वकप खेल्ने हो । मलाई लाग्छ राम्रै हुन्छ’, टमाटाले भने ।

सन् १९८८ देखि सुरु भएको यू-१९ विश्वकपमा नेपालले २००० मा डेब्यू गरेको थियो । नेपालले २००० देखि २०१६ सम्म ७ पटक यू१९ विश्वकप खेलेको थियो । नेपालले २००० देखि ८ सम्म पाँच संस्करण विश्वकप लगातार खेलेको थियो । त्यसपछि २०१२ र २०१६ मा यू-१९ विश्वकप खेलेको थियो ।

सन् २००६ मा न्युजिल्यान्डलाई हराउँदै प्लेट च्याम्पिन नै बनेको थियो । २००८ मा प्लेट च्याम्पियनसिपको फाइनलमा वेस्टइन्डिजसँग पराजित भएको थियो । नेपालले २०१६ पछि यू१९ विश्वकप खेलेको छैन । नेपालको लक्ष्य २०१६ पछि पहिलो पटक विश्वकप खेल्नेछ ।

यता युएईले तीन पटक यू-१९ विश्वकप खेलेको छ । २०१४ मा युएईले यू-१९ विश्वकप आयोजना गर्दै घरेलु टोलीको नाताले खेलेको थियो । त्यसपछि २०२० र २०२२ मा यू-१९ विश्वकप खेलेको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.