3 years ago
February 28, 2023
दुबई (हाम्रो खेलकुद) – तीव्र गतिका बलर चाद सोफरको सानदार बलिङको सहयोगमा पपुवा न्युगिनीले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईमाथि १ सय ३१ रनको सानदार जित हात पारेको छ । लिग–२ मा यो पपुवा न्युगिनीको ३० औं खेलमा यो मात्रै तेस्रो जित हो । तीन मध्य दुई जित युएईविरुद्ध रहेको छ।

जितको लागि २ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको युएई ३४.२ ओभरमा १ सय ३१ रनमा अल आउट भयो । युएईका ओपनर मोहम्मद वासिमले १७ बलमा ४ चौकासहित सर्वाधिक २४ रन बनाए । युएईका कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
तीव्र गतिका बलर काबुवा मोरेआले ओपनर अर्यान लर्कानलाई ५ रनमा क्याच आउट गराए । त्यसपछि तीव्र गतिका बलर चाद सोफरले मध्यक्रम धरासयी बनाएका थिए । सोफरले युएईका प्रमुख ब्याटर मोहम्मद वासिमलाई १७ बलमा ४ चौकासहित २४ रनमा बोल्ड आउट गरे । कप्तान सिपी रिजवान पनि एक रनमा सोफरको बलमा बोल्ड आउट भए ।
सोफरकै बलमा रोहन मुस्तफा तीन रनमा टोनी उराबाट क्याच आउट भएपछि युएई ९.४ ओभरमा ४८–४ को दयनीय अवस्थामा पुगेको हो । युएईका प्रमुख ब्याटर वृत्य अरविन्द ३६ बलमा १ चौकासहित २३ रनमा रन आउट भए । आसिफ खानसँग तालमेल नमिल्दा वृत्य रन आउट भएका थिए । वृत्यको रन आउटपछि युएईको जितको आशा टाढिएको थियो । असाद भालाले आसिफ खानलाई २० रनमा बाल्ड आउट गरे ।

सोफरले एलिशान शराफुलाई १४ र कार्तिम मयाप्पनलाई ८ रनमा क्याच आउट गर्दै करिअरमा दोस्रो पटक पाँच विकेट पूरा गरेका थिए । पपुवा न्युगिनीका चाद सोफरले १० ओभरमा १ मेडनसहित २५ रन खर्चेर ५ विकेट लिए ।
त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको पपुवा न्युगिनी ४९.१ ओभरमा २ सय ६२ रनमा अल आउट भएको थियो । पपुवा न्युगिनीको जितमा मध्यक्रमका ब्याटर सेसे बाउले ७६ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ७४ रनको योगदान दिए ।
ओपनर टोनी उराले ४३ बलमा ८ चौका र १ छक्कासहित ५१ रनको योगदान दिए । पहिलो विकेटका लागि उरा र किप्लिङ डोरिगाले १४ ओभरमा ८१ रनको सानदार साझेदारी गरेका थिए ।

डोरिगा ६९ बलमा ४ चौका र १ छक्कासहित ४२, असाद भाला २३ र गौडी टोका २८ रनमा आउट भए । एक समय विशाल योगफलको आधार देखाएपनि मध्यक्रमका ब्याटर नचल्दा प्रतिस्पर्धात्मक योगफलमै रोकिएको थियो ।
युएईका स्पिनर कार्तिक मयाप्पनले १० ओभरमा १ मेडनसहित ४९ रन खर्चेर ४ विकेट लिएपनि जितको लागि पर्याप्त रहेन । अर्यान लर्कानले तीन र जहुर खानले दुई विकेट लिए ।
पपुवा न्युगिनीले अव शुक्रबार नेपालसँग खेल्नेछ । पपुवा न्युगिनी ३० खेलमा ३ मा जित र २६ मा हारसहित ७ अंकका साथ पुछारका छ । पपुवा न्युगिनी पुछारमा रहँदै क्वालिफायर प्लेअफ खेल्ने पक्का भएको छ । पपुवा न्युगिनीले २०२२ सेप्टेम्बरमा अमेरिकालाई उसकै मैदानमा २६ रनले हराएको थियो । २०२२ मार्चमा युएईलाई पनि उसकै घरेलु मैदानमा ६ विकेटले हराउँदै पहिलो जित हात पारेको थियो ।
अंक तालिका
स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै अन्त्य गर्यो । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो अन्त्य गरेको छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ ।
अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई २९ खेलमा १३ मा जित र १३ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३० खेलमा ३ मा जित र २६ मा हारसहित ७ अंक जोड्दै पुछारमा छ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]