3 years ago
March 1, 2023
एजेन्सी – घरेलु टोली भारतले तेस्रो टेस्ट खेलमा अष्ट्रेलियाविरुद्ध खराब ब्याटिङ सुरुवात गरेको छ । होल्कर क्रिकेट स्टेडियम इन्डोरमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले २१.२ ओभरमा ५ विकेट गुमाउँदै ७० रन बनाएको छ ।

भारतका विराट कोहली २२ र विकेटकिपर श्रीकर भरत १० रनमा क्रिजमा छन् । अष्ट्रेलियाका दुई स्पिनर नाथन लायन र म्याथ्यु कुहनेमानले अष्ट्रेलियालाई उत्कृष्ट सुरुवात दिलाएका हुन् ।
छैटौं ओभरको अन्तिम बलमा म्याथ्यु कुहनेमानले कप्तान रोहित शर्मालाई १२ रनमा विकेटकिपर एलेक्स केरीबाट स्टम्पिङ आउट गर्दै पहिलो सफलता दिलाए । रोहितले २३ बलमा ३ चौका हाने । अर्का ओपनर शुभमन गिल १८ बलमा ३ चौकासहित २१ रनमा उनकै बलमा कप्तान स्टिभ स्मिथबाट क्याच आउट भए ।
नाथन लायनले चेतेश्वर पुजारालाई एक रनमा बोल्ड गरेपछि भारत २७-० बाट ३६-३ को अवस्थामा पुगेको थियो । रविन्द्र जडेजा ४ र श्रेयस ऐर शून्यमा आउट भएपछि भारत ४५-५ को संकट अवस्थामा पुगेको थियो । भारतले आजको खेलमा लोकेश राुहलको स्थानमा शुभमन गिललाई मौका दिएको छ । लगातार खराब प्रदर्शनपछि राहुललाई भारतले बेन्चमा राखेको हो ।
अष्ट्रेलिया कप्तानी स्टिभ स्मिथले गरेका छन् । स्मिथले २०१८ मा बल टेम्परिङ काण्डपछि पहिलो पटक अष्ट्रेलिया कप्तानी गरेका हुन् । नियमित कप्तान प्याट कमिन्स आमा विरामी भएपछि घर फर्किदा स्मिथले कप्तानी गरेका हुन् ।
अष्ट्रेलिया टोलीमा क्यामरन ग्रीन र मिचेल स्टार्क टोलीमा फर्किएका छन् । चार टेस्ट खेलको सिरिजमा भारत २–० ले अघि छ । भारतलाई आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनल खेल्न एक जित आवश्यक छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]