3 years ago
March 1, 2023
दुबई (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका युवा ब्याटर अर्जुन कुमालले पहिला देखिको नै सपना रहेको हुँदा विश्वकप खेल्ने बताएका छन् । आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा लगातार चार जितपछि अर्जुनले उक्त प्रतिक्रिया दिएका हुन् ।

नेपालले विहीबार युएईलाई हराउन सके आगमी वर्ष श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ । ‘७३ रनको लक्ष्य थियो । हाम्रो मानसिक सोच आज चाँडै खेल जित्ने थियो । ८-९ ओभरमा सकाउने सोच थियो । दीपक बोहरा दाइले राम्रो इनिङ खेल्नु भयो । यो प्रदर्शनले बोहरा दाइलाई आत्माविश्वास पनि आएको छ । पहिला तीन खेलमा लागेको थिएन’, अर्जुनले मलेसियालाई १० विकेटले हराएपछि भने ।
नेपालले ७३ रनको लक्ष्य ९ ओभरमा पूरा गरेको थियो । अर्जुन कुमाल २१ र दीपक बोहराले ३८ रनमा अविजित थिए । अर्जुनले कुवेतविरुद्ध १ सय ८ रनको सानदार शतकीय इनिङ खेलेका थिए । उनको त्यो करिअरको पहिलो शतक थियो ।
‘शतक हान्दा राम्रो अनुभव भएको छ । दोस्रो खेलमा शतक लागेको थियो । त्यसले आत्माविश्वास पनि आएको छ । अव भोलीको खेलमा केन्द्रित हुने हो । त्यो महत्वपूर्ण खेल हो’, अर्जुनले भने ।
अर्जुनले यू-१९ विश्वकप धेरै महत्वपूर्ण रहेको बताउँछन् । ‘यू-१९ विश्वकप धेरै महत्वपूर्ण छ । भोलीको खेल सवैभन्दा महत्वपूर्ण छ । मुख्य त हामी विश्वकप खेल्ने हो । चार खेलमा हामीले राम्रो गरेका छौं । भोलीको खेलमा फोकस गर्ने हो’, उनले भने ।

उनले २०१९ मा नेपालबाट एसिसी यू–१६ इस्टर्न रिजन खेलेका थिए । ‘यू१६ मा अलिकति त्यस्तो खेलाडीहरु आउँदैनन् । यू१९ मा राम्रो खेलाडीहरु आउँछन् । यो अगाडि सिनियरको ढोका ढक्ढकाउनको लागि हो’, अर्जुनले भने ।
अर्जुन विश्वकप खेल्ने पहिला देखिको नै सपना भएको बताउँछन् । ‘विश्वकप खेल्ने हो । विश्वकप खेल्न पहिला देखिको रहर पनि छ । विश्वकप भनेको विश्वकप हो । चाहे सिनियर होस् वा यू१९ विश्वकप’, उनले भने ।
अर्जुनलाई नेपाली ब्याटिङको भविष्यको रुपमा हेरिएको छ । अर्जुनले सिनियर घरेलु प्रतियोगिता गण्डकीबाट खेल्दै लगातार रन बनाउँदै आएका छन् । धेरैले अर्जुनको ब्याटिङको प्रसंशा पनि गर्दछन् । धेरैले आफ्नो प्रसंशा गर्दा गर्व लाग्ने बताए ।
‘एकदमै राम्रो लाग्छ । गर्वपनि भई राखेको छ । किनभने अव सिनियर छन् । अव त्यसमा प्रदर्शन गर्ने हो । हरेक एक दुई खेलमा रन लाग्नुपर्छ । मलाई भित्रदेखि आत्माविश्वास पनि छ’, उनले भने ।

नेपाल र युएईले सुरुवाती चार खेलमा लगातार जित हात पारेपछि अन्तिम खेलको विजेता टोली २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकप खेल्ने पक्का भएको हो । युएई ४ खेलमा ८ अंकका साथ ४.२६८ नेटरनरेट सहित शीर्ष स्थानमा छ। नेपाल ४ खेलमा ८ अंकका साथ दोस्रो स्थानमा छ । नेपालको नेटरनरेट ३.८२९ छ ।
नेपाल र युएईबीचको खेल बिहीबार आजमानका रहेको इडेन गार्डेनमा हुनेछ । उक्त खेलको विजेता टोली प्रतियोगिता च्याम्पियन बन्नेछ । नेपाल आठौं पटक यु-१९ विश्वकप खेलने सोचमा छ ।
अर्जुनको क्रिकेट जीवनी : राष्ट्रिय टोलीदेखि आईपीएलसम्मको ‘अर्जुन’ दृष्टि
खेलको भिडियो : https://www.youtube.com/watch?v=_d6JvqjQWW4&t=5s
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]