default_image

7 years ago

May 11, 2019

राष्ट्रिय टोलीदेखि आईपीएलसम्मको ‘अर्जुन’ दृष्टि

16433 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

झट्ट हेर्दा अर्जुन कुमालको शारीरिक बनावटले उनी खेलाडी हुन् भनेर कमैले आँकलन गर्छन् । १३ वर्षीय अर्जुन नेपाली क्रिकेटमा देखिएका केहि सातामात्र भयो । राजधानीमा गत महिना सम्पन्न यू-१६ क्रिकेट लिग प्रतियोगितामा गण्डकी प्रदेशका लागि विकेटकिपर ब्याट्सम्यानका रुपमा टोलीमा आएका अर्जुनले आफ्नो प्रभाव छाड्न कुनै समय लगाएनन् ।

छनोट खेल्न भनेर नै आफ्नो प्रशिक्षणस्थल भारतदेखि आएका कुमालले आफ्नो प्रर्दशनबाट सबै नेपाली क्रिकेट शुभचिन्तक र समर्थकको ध्यान केन्द्रीत गरे । भारतमै रहेर प्रशिक्षण गर्ने कुमाल नेपाली बुझ्छन् तर नेपालीमा जवाफ फर्काउन भने त्यति सहज रुपमा सक्दैनन् । तर जब क्रिजमा पुग्छन्, उनले खेललाई यति सहज रुपमा लिन्छन् की विपक्षीलाई उनको विकेट लिन धौ-धौ पर्छ ।

समूह चरणको पहिलो खेलमा अर्जुनले प्रदेश ३ विरुद्ध ५३ बलमा ५ चौकासहित ३८ रन जोडे । दोस्रो खेलमा प्रदेश ६ विरुद्ध ७५ बलको सामना गर्दै ११ चौकासहित ६१ रन बनाए । उक्त खेलमा प्रदेश ६ का प्रकाश जैसी म्यान अफ द म्याच भएपनि उनले आफ्नो अवार्ड अर्जुनलाई सुम्पिए । दर्शकहरुलाई आफ्नो खेलले लोभ्याएका अर्जुनले विपक्षी टोलीलाई पनि आफ्नो खेलप्रति आकर्षित तुल्याए । समूहको अर्को खेलमा प्रदेश ५ विरुद्ध पनि उनले ६० बलको सामना गर्दै ३ चौकासहित २३ रन जोडे । उनको टोली समूह चरणबाट बाहिरीपनि उनले प्रतियोगिताको उदीयमान खेलाडीको अवार्ड जिते ।

प्रदेश ६ का प्रकाश जैसी अर्जुनलाई म्यान अफ द म्याच अवार्ड दिँदै

थाइल्याण्डमा आयोजना हुन लागेको यू-१६ इस्टर्न रिजन प्रतियोगिताको छनोटको रुपमा हेरिएको उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपछि अर्जुनले प्रारम्भिक छनोट हुँदै अन्तिम टोलीमा स्थान बनाए । राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमटाले पनि उनको प्रर्दशनलाई लिएर एक कार्यक्रममा खुलेर प्रशंसा गरेका थिए । उनको खेल्ने शैली अहिलेको अवस्थामा नै उच्च स्तरको छ, आउने दिनमा शाररिक बनावटसँगै उनले खेललाई पनि परिस्कृत गर्ने अपेक्षा गर्न सकिन्छ ।

दुई साता अघि थाईल्यान्डमा सम्पन्न एसीसी इस्टर्न रिजन यू१६ प्रतियोगितामा म्यानमारविरुद्ध १५ बलमा ४ चौका प्रहार सहित २६ रनमा अविजित रहेपछि कुमालको चर्चा थप चुलियो । दोस्रो खेलमा मलेसियाविरुद्ध ४७ बलको सामना गरि १ चौका सहित १६ रन जोडे । बाँकी खेलमा भने उनले मौका पाएनन् । १३ वर्षको उमेरमा नै यू-१६ प्रतियोगितामा प्रभाव पार्नु प्रशंसनीय छ ।

यू-१६ टोली नेपाल फर्केपछि मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा यू१६ राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशबाट प्रतिनिधत्व गर्दै अर्जुनले उत्कृष्ट प्रर्दशन गरे । कर्णाली प्रदेशविरुद्ध ५४ बलमा पाँच चौका प्रहार गर्दै ४९ रनमा अविजित रहेपछि गण्डकी प्रतियोगितामा जितविहिन हुनबाट जोगिएको थियो । उक्त खेलमा उनि म्यान अफ द म्याच चुनिए । तर अन्य खेलाडीको प्रर्दशन राम्रो हुन नसक्दा गण्डकी अघिल्लो चरणमा प्रवेश गर्न सकेन ।

मलेसियाविरुद्ध खेल्दै अर्जुन

कुमालले भने आफ्नो क्षमता फेरी एकपटक सिद्ध पार्न सफल भए । आफ्नो क्षमतालाई सिद्ध गर्न टोलीको नजिता जस्तो भएपनि कुनै असर नपर्ने आफ्नो प्रर्दशनबाट प्रमाणित गरे । लगातार उत्कृष्ट प्रर्दशनसँगै भविष्यमा राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्न सक्ने कुमालले नेपाली क्रिकेटमा ठूलो संभावना देखाएका छन् ।

को हुन् अर्जुन कुमाल ?

अर्जुनको जन्म भारतको नयाँ दिल्लीमा बुबा मेघ बहादुर कुमाल र आमा मनिषा कुमालबाट भएको हो । जन्मदेखीनै भारतमा हुर्केका कुमाल राम्रोसँग नेपाली भाषा बोल्न जान्दैनन् । उनको स्थायी घर भने गुल्मी हो । उनी यू-१६ छनोटमा सहभागी हुन भनेरै दिल्लीबाट पोखरा आएका थिए ।

कुमालले क्रिकेट प्रशिक्षण लिन थालेको ५ वर्ष भएको बताए । ‘पाँच वर्ष अघिबाट क्रिकेट सिक्न थालेको हुँ । ७-८ वर्षको हुँदा पापा(बुवा)ले मलाई क्रिकेट सिकाउन लानु भएको हो । मैले सानै देखी बालभवन इन्टरनेशनल स्कुल द्वारिकाबाट क्रिकेट सिके,’ कुमालले भने ।

कुमाल र नेपाली यू१६ टोलीका कप्तान विशाल ब्रिकम केसीले एउटै स्कुलबाट क्रिकेट सिकेका हुन्  । ‘यू१६ टोलीमा परेको विशाल दाईले भनेपछि थाहा पाएँ । टिममा परेको सुन्दा साह्रै खुसि लाग्यो,’– उनले भने । यू१६ छनोट हुँदै छ भन्ने उनलाई प्रशिक्षक राहुल शर्माले जानकारी दिएका थिए ।

उनका वुवा दिल्लीको एक हस्पिटलमा काम गर्नुको साथै चश्मा पसल रहेको बताउछन् । गुल्मीमा उनका हजुर बुवा र हजुर आमा छन् । छनोट र म्यानमारसँगको खेलमा राम्रो खेल्दा आत्माविश्वास बढेको बताए । यू१६ टिममा विशाल उनका सबैभन्दा बढि मनपर्ने साथी हुन् ।

नेपाली राष्ट्रिय टोलीमा उनलाई सन्दीप लामिछाने सबै भन्दा बढि मन पर्ने खेलाडी हुन् । अन्तर्राष्ट्रियमा भने भारतीय टिमका पुर्व कप्तान सचिन तेन्दुलकर र विराट कोहली मनपर्छ । उनको अवको सबै भन्दा ठूलो सपना राष्ट्रिय टिमको जर्सीमा अन्तर्राष्ट्रिय खेल खेल्ने छ ।

खुलेर नेपाली बोल्न नआउँदा साथीहरुसँग कुरा गर्न केहि कठिन हुने उनले अनुभव छ । ‘मलाई नेपाल सबैभन्दा बढि मन पर्छ । तर पनि फेरि प्रशिक्षणका लागि भारत जाँदैछु,’ उनले भने । अर्जुनले हाल नयाँ दिल्लीको १२ सेक्टर स्थित बाल भवन इन्टरनेशन स्कुलमा कक्षा ८ पढ्ने र क्रिकेट सिक्ने गर्दछन् । उमेर समुहको कुनै खेल भए नेपाल आउने बताएका कुमाल बिहीबार दिल्ली फर्किएका छन् ।

विकेटकीपरको जिम्मेवारी सम्हाल्ने कुमाललाई आक्रमक शैलीमा ब्याटिङ गर्न साह्रै मन पर्ने बताउछन् । नेपालपछि इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेंगलोरबाट खेल्ने उनको अर्को ठूलो सपना छ । यी दुवै सपना पुरा गर्न उनले आगमी दिनमा धेरै मेहिनत गर्दै निरन्तर उत्कृष्ट प्रर्दशन गर्नुपर्ने कुमाल बताउँछन् ।

१३ वर्षको उमेरमा उनले गरेको प्रर्दशन हेर्दा उनले आफ्नो लक्ष्य बनाउनु जायज हो । यसको लागि उनले भारतमा रहेरै प्रशिक्षण गर्नेछन् । प्रतियोगिता खेल्न नेपाल आउने बताएका उनले आफ्नो लयलाई कायम राखे उमेर समूह हुँदै घरेलु क्रिकेटमा पनि प्रभाव जमाउनु पर्नेछ । अहिलेको लागि भने कुमाल आफ्नो प्रशिक्षणमा व्यस्त रहँदै अर्को पटक यू-१६ टोलीमा फेरी खेल्ने वाचाका साथ भारत फर्केका छन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.