default_image

3 years ago

March 1, 2023

‘विश्वकपमा पुगेर सबै नेपालीलाई खुसी बनाउन चाहन्छौं’– टमाटा

225 views

0 Bookmark

दुबई (हाम्रो खेलकुद) – नेपालका यू–१९ क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले विश्वकपमा पुगेर सबै नेपालीको अनुहार खुसी बनाउन चाहेको बताएका छन् । आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा लगातार चार जितपछि टमाटाले उक्त प्रतिक्रिया दिएका हुन्

नेपालले बिहीबार युएईलाई हराउन सके २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकप खेल्न पाउनेछ । ‘समग्रमा केटाहरुको प्रदर्शन राम्रो चलि राखेको छ । एक एक खेल जित्दै गएका छौं । केटाहरुले मैदानको बारे जानी पनि सकेको छ । २०१६ पछि इतिहास लेख्न एक खेल पछाडि छौं । त्यसैको प्रतिक्षा गरेका छौं,’ मुख्य प्रशिक्षक जगत टमाटाले भने ।

टमाटा मुख्य प्रशिक्षक हुँदा नै नेपालले २०१६ मा बंगलादेशमा भएको यू१९ विश्वकप खेलेको थियो । त्यसपछि नेपालले तीन विश्वकप गुमाएको छ । २०१७ को छनोटमा अफगानिस्तान र २०१९ मा युएईसँग पराजित हुँदै दुई विश्वकप गुमाएको थियो ।

‘अव एउटा खेल हो । सब भन्दा पहिला त केटाहरुले जुन हिसाबले खेलेको छ त्यहिँ हिसाबले भोली खेल्दिन पर्यो । २०१६ पछि विश्वकप खेलेका थिएनौं । जुन मिहिनेत गरेका थियौं त्यसको फल निकालि राखेका छन्’, उनले भने ।

नेपाली यू१९ टोलीले युएई आनु अघि टियु क्रिकेट मैदानमा सिनियर टोलीसँग चार अभ्यास खेल खेलेको थियो । सिनियर खेलाडीहरुसँग अभ्यास गर्दा फाइदा मिलेको टमाटा बताउँछन् ।

‘सबभन्दा हाम्रा केटाहरुलाई सिनियर केटाहरुले अभ्यास दियो । त्यसको नतिजा हो । किनभने खेल खेल्न हामी बाहिर गएनौं । हाम्रो सिनियर खेलाडीसँग केहि नभएपनि ७-८ वटा खेल खेलेका छौं । त्यो त्यसको फल पनि हो । केटाहरुमा खेल्न सक्ने क्षमता छ । विशेष त म अर्जुनको कुरा गर्छु । अर्जुन भनेको हाम्रो क्रिकेटको भविष्य हो’, उनले भने ।

नेपालले २०१९ मा युएईसँग एक रनले हार्दा दुई विश्वकप खेल्न पाएन । नेपालको लक्ष्य उक्त एक रनको हारको बदला लिँदै विश्वकप खेल्ने हुनेछ । टमाटा देशमा खुसी दिलाउने बताउँछन् ।

‘अव पिडा भन्दा पनि देशमा एउटा खुसी दिलाउने हो । गएको कुरालाई बिर्सिउ । हो त्यो के हो भन्ने भित्र जिनमै छ । क्वालिफायर गरेर सबै नेपालीलाई अनुहारमा खुसी हेर्न चाहन्छौं’, उनले भने ।

पछिल्लो समय सिनियर टोलीले पनि सानदार प्रदर्शन गर्दै आएको छ । नेपालको सिनियर टोलीले एकपछि अर्को खेल जित्दा पनि यु१९ टोलीलाई फाइदा भएको टमाटा बताउँछन् ।

‘सिनियर टोलीको नतिजाले एकदमै फाइदा भएको छ । किनभने सिनियर टोलीले चार खेलको क्लिनस्विप गरेको छ नि त्यसले गर्दा पनि खेलाडीमा मनोबल बढेको छ । उनीहरुले गर्न सक्छ भने हामीले किन सक्दैनौं त । अव हामी एक खेल पछाडि छौं’, उनले भने ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.