3 years ago
March 1, 2023
भुपेन्द्र जि.सी., दुबई
नेपाली क्रिकेट टोलीका स्पिनर मौसम ढकाल (श्याम) अभ्यास गर्नेक्रममा आइसिसी ओभल क्रिकेट मैदानमा मंगलबार घाइते हुन पुगे । पहिलो पटक नेपाली टोलीमा परेका मौसम घाइते भएपछि संयोगवश सोमबार नै विदेश जाने अनुमति पाएका लेग स्पिनर सन्दीप लामिछानेले उनको स्थान लिएका छन् । सन्दीप आज नेपालबाट दुबई आइपुग्दैछन् ।

धेरैले मौसमको चोटलाई शंकाको रुपमा हेरेका छन् । सर्वोच्च अदालतले सन्दीपलाई विदेश खेल्न अनुमति दिएपछि उनी युएई आउन लागेका हुन् । तर टोलीले सन्दीपलाई टोलीमा ल्याएपछि कसको स्थान लिने पक्का भएको थिएन । सन्दीपलाई उच्च अदालत पाटनले विदेश जान रोक लगाएपछि मौसमले पहिलो पटक मौका पाएका थिए ।
नेपालले लेग स्पिनरको स्थानमा लेग स्पिनरलाई नै मौका दिएको थियो । पहिलो खेलमा मौसमको डेब्यूको सम्भावना थियो । तर नेपालले चार तीव्र गतिका बलर प्रतिश जि.सी करण केसी, सोमपाल कामी र गुलशन झाई मौका दिएपछि डेब्यू अवसर पाएनन् ।
मंगलबार नेपालको खेल थिएन । पहिलो दिन मौका नपाएका र अन्य केहि खेलाडीले अभ्यास गरेका थिए । नेपाल अभ्यासको लागि आइसिसी ओभल एकेडेमी पुगेको थियो । मंगलबार अनिवार्य अभ्यास भने थिएन । त्यसैले मौसम, भीम सार्की, सन्दीप जोरा, ज्ञानेन्द्र मल्ल, ललित नारायण राजवंशी र कुशल मल्लले अभ्यास गरेका थिए ।

कम खेलाडी उपस्थित रहेको प्रशिक्षणमा मौसमलाई ब्याटिङ गर्न मन लागेपछि उनले आफैं मुख्य प्रशिक्षक मोन्टी देशाईलाई नेटमा अभ्यास गराउन आग्रह गरे । कुनैपनि टोलीले बलरलाई नेटमा ब्याटिङ गराउँदा अभ्यासमा बाउन्सरमा बढी ध्यान दिन्छन् । मोन्टी देशाईले पनि मौसमलाई बाउन्सर बल नै फ्याँकेका थिए ।
मोन्टीले थ्रो डाउनका क्रममा फ्याँकेको बल मौसमले चाल पाउन नसक्दा उनको दायाँ हातको काँधमा चोट लाग्न पुगेको हो । लेग स्पिनर मौसमले आफूलाई भित्रदेखिनै ब्याटिङ गर्न मन लागेर ब्याटिङ गर्न गएको बताए ।
संयोग मान्नुपर्छ जसको स्थानमा आएका थिए उनैले मौसमको स्थान लिनेछन् । बुधबार मौसम टोलीसँग आइसीसी एकेडेमीमा आएपनि अभ्यास गरेनन् । चोट लागेको स्थानमा आइसिङ गरेर बसेका थिए । फिजियो विक्रम न्यौपानेले समय समयमा उनको चोट हेर्दै आइस फेरेका समेत थिए । मंगलबार नै परिक्षण गर्न अस्पताल पुगेका मौसम आज पनि फलोअपका लागि गएका थिए ।

नेपाली समय अनुसार बुधबार दिउँसो ३:१५ देखि ४: ४५ सम्मा टोलीले आइसिसी एकेडेमीमा अभ्यास गरेको थियो । नेपालका दुई खेलाडीले अभ्यास गरेका थिएनन् । मौसम र ओपनर कुशल भुर्तेलले बुधबार अभ्यास गरेनन् । बायाँ खुट्टाको तीघ्रामा रहेको समस्या बल्झिदा कुशल भुर्तेलले पुरै समय विश्राम गरेका थिए । तर विहीबार हुने युएईसँगको खेल भने कुशलले खेल्नेछन् । कुशललाई नेपालले विश्राम दिएको थियो । कुशल पनि दिनभर आफ्नो ब्याट नकिङ बसे ।
मौसमको काँधमा लागेको चोट केहि सुनिएको र रातो थियो । जुन भागमा मौसमले आइसले च्यापेका थिए । मौसम पुरै समय आइस गरेर बसेका थिए । नेपालले आज ब्याटिङ, बलिङ र फिल्डिङ सबै अभ्यास गरेको थियो । खेलपछि मुख्य प्रशिक्षक मोन्टी देशाईले मौसमलाई रिकभर हुन अझै तीन दिन लाग्ने बताएका थिए ।
नेपालले विहीबार युएई, शुक्रबार पपुवा न्युगिनी र आइतबार युएईसँग खेल्नेछ । सन्दीपले विहीबार खेल्ने वा नखेल्ने निश्चित छैन । आइसिसीको नियम अनुसार कुनैपनि खेलाडी घाइते भएको २४ घण्टा अघि नै रिप्लेशमेन्ट आएको खण्डमा मात्रै खेलाडी खेलाउन पाइन्छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]