default_image

3 years ago

March 1, 2023

भारतविरुद्ध अष्ट्रेलियाको अग्रता

134 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाले तेस्रो टेस्ट खेलमा सानदार बलिङ प्रदर्शन गरेपछि घरेलु टोली भारतविरुद्ध अग्रता लिएको छ । पहिलो दिनको खेल सकिँदा अष्ट्रेलिया १५६–४ को अवस्थामा छ।

अष्ट्रेलियाका पिटर ह्यान्डकम्ब ७ र क्यामरन ग्रीन ६ रनमा अविजित छन् । अष्ट्रेलियाले पहिलो इनिङमा ४७ रनको अग्रता लिएको छ । अष्ट्रेलियाका ओपनर उस्मान खवाजाले १ सय ४७ बलमा ४ चौकासहित सर्वाधिक ६० रनको योगदान दिए ।

स्पिनर रविन्द्र जडेजाले ओपनर ट्रविस हेडलाई ९ रनमै एलबीडब्लू आउट गरेका थिए । दोस्रो विकेटका लागि मार्नस लाबुसेन र उस्मान खवाजाले ९६ रनको साझेदारी गर्दै बलियो योगफलको सम्भावना देखाएका थिए ।

लाबुसेन ९१ बलमा १ चौकासहित ३१ रनमा जडेजाको बलमा बोल्ड भए । जडेजाले नै कप्तान स्टिभ स्मिथलाई ३८ बलमा ४ चौकासहित २६ रनमा क्याच आउट गराए । पहिलो दिन भारतको सवै विकेट जडेजाले लिएका थिए ।

त्यसअघि होल्कर क्रिकेट स्टेडियम इन्डोरमा टस जितेर पहिला ब्याटिङ रोजेको भारत ३३.२ ओभरमा १ सय ९ रनमा अल आउट भएको थियो । भारतका विराट कोहलीले ५२ बलमा २ चौकासहित सर्वाधिक २२ रन बनाउन सके ।

छैटौं ओभरको अन्तिम बलमा म्याथ्यु कुह्नेमानले कप्तान रोहित शर्मालाई १२ रनमा विकेटकिपर एलेक्स केरीबाट स्टम्पिङ आउट गर्दै पहिलो सफलता दिलाएका थिए । त्यसपछि भारतले लगातार एकपछि अर्को विकेट गुमाएको थियो ।

रोहितले २३ बलमा ३ चौका हाने । अर्का ओपनर शुभमन गिल १८ बलमा ३ चौकासहित २१ रनमा उनकै बलमा कप्तान स्टिभ स्मिथबाट क्याच आउट भए ।

नाथन लायनले चेतेश्वर पुजारालाई एक रनमा बोल्ड गरे । रविन्द्र जडेजा ४ र श्रेयस ऐर शून्यमा आउट भएपछि भारत ४५(५ को संकट अवस्थामा पुगेको थियो ।

विराट कोहली र केएस भरतले ३५ रनको साझेदारी गरेका थिए । भरत १७, रविचन्द्रन आश्विन ३ र उमेश यादव १७ रनमा आउट भए । अक्षर पटेल १२ रनमा अविजित रहे । अष्ट्रेलियाका म्याथ्यु कुह्नेमानले ९ ओभरमा २ मेडनसहित १६ रन खर्चेर ५ विकेट लिए । नाथान लायनले ३ र टोड मर्फीले एक विकेट लिए । मोहम्मद शिराज भने रन आउट भएका थिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.