3 years ago
March 1, 2023
एजेन्सी – शीर्षक्रमका ब्याटर डेविड मलानको शतकमा इंग्ल्यान्डले पहिलो ओडिआई खेलमा घरेलु टोली बंगलादेशलाई तीन विकेटले पराजित गरेको छ। योसँगै तीन ओडिआई खेलको सिरिजमा इंग्ल्यान्डले १-० को अग्रता लिएको छ।

जितको लागि २ सय १० रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले ४८.४ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । इंग्ल्यान्डको जितमा डेविड मलान १ सय ४५ बलमा ८ चौका र ४ छक्कासहित १ सय १४ रनमा अविजित रहँदै जित पक्का गराए ।
ओपनर जेसन रोय ४, फिलिप साल्ट १२, जेम्स भिन्स ६ र कप्तान जस बटलर ९ रनमा आउट भए । विल ज्याक्स २६, मोइन अली १४, क्रिस वोक्स ७ र आदिल राशिद १७ रन बनाए ।
बंगलादेशका ताइजुल इस्लामले सर्वाधिक तीन विकेट लिए । मेहेदी हसन मिराजले दुई, तस्किन अहमद र सकिब अल हसनले एक एक विकेट लिए ।
त्यसअघि मिरपुरमा रहेको शेरे बंगला नेशनल स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको बंगलादेश ४७.२ ओभरमा २ सय ९ रनमा अल आउट भयो । बंगलादेशका नाज्मुल हसन शान्टोले ८२ बलमा ६ चौकासहित सर्वाधिक ५८ रन बनाए । महमुदूल्लाह ३१, तमिम इकबाल २३ र सकिब अल हसन ८ रनमा आउट भए ।
इंग्ल्यान्डका जोफ्रा आर्चर, मार्क वुड, मोईन अली र आदिल राशिदले दुई दुई विकेट लिए । दोस्रो खेल शुक्रबार र तेस्रो खेल सोमबार हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]