default_image

3 years ago

March 1, 2023

युएईमाथि जित निकाल्दै विश्वकपको खडेरी तोड्ने सोचमा नेपाल

333 views

0 Bookmark

एक समय थियो, नेपालको विश्वकप खेल्ने सपनामा अफगानिस्तान लगातार तगारो बन्ने गर्दथ्यो । सिनियर होस् वा उमेर समूहको क्रिकेट, अन्तिम निर्णायक खेलमा अफगानिस्तान सधैं बाधक बन्दथ्यो । नेपालको कुनैपनि टोलीले अफगास्तिानलाई हराएर कहिल्यै विश्वकप खेल्न सकेन । सधैं नेपालको विश्वकपमा अफगानिस्तान भिलेन बनि रह्यो ।

अफगानिस्तानले २०१८ मा टेस्ट मान्यता प्राप्त गर्यो । अफगानिस्तानले टेस्ट मान्यता पाएपछि सिधैं विश्वकप खेल्न थालेपछि नेपाललाई युएई बाधक बन्दै आएको छ । गतवर्ष अल अमरेतमा सम्पन्न आइसिसी टि२० विश्वकप क्वालिफायरको सेमिफाइनलमा नेपाल युएईसँग ६८ रनले पराजित हुँदै विश्वकप खेल्न पाएन ।

समूह चरणमा लगातार तीन खेल जितेपनि निर्णायक खेलमा नेपाल युएईसँग पराजित हुँदै अष्ट्रेलियामा हुने टि२० विश्वकप खेल्ने अवसर गुमाएको थियो । गतवर्ष महिला टोली एसिया कपमा पुग्न पनि युएईनै बाधक बन्यो । २०२२ जुन २४ मा मलेसियामा भएको एसिसी वुमन्स टि२० च्याम्पियनसिपको पहिलो सेमिफाइनल खेलमा युएई नेपालविरुद्ध मात्रै ८१ रनमा अल आउट भयो ।

नेपालकी अस्मिना कर्माचार्यले पाँच विकेट लिएकी थिइन् । तर वर्षाको कारण खेल हुन नसकेपछि समूह विजेताको रुपमा युएई फाइनल खेलेको थियो । गतवर्ष यू१९ महिला विश्वकप छनोटमा नेपाल युएईसँग ८ रनमा अल आउट हुँदै लज्जास्पद प्रदर्शन गर्यो । २०१९ को एसिया क्षेत्र छनोटमा नेपाल युएईसँग एक रनले डकवर्थ लेविस पद्धतिको आधारमा नेपाल पराजित हुँदै दुई विश्वकप खेल्न पाएन ।

यी सवै पिडाको बदला नेपाल विहीबार लिने सोचमा हुनेछ । सवै नेपाली समर्थक र शुभचिन्तक पनि त्यहिँ चाहन्छन् । पुन निर्णायक खेलमा निराश हुनु हुँदैन । अरु हार भन्दा एक रनको धेरै पिडादायी हुन्छ । ती सवै पिडा नेपाल अन्त्य गर्न चाहन्छ ।

विहीबार आजमानमा रहेको इडेन गार्डेन ओभलमा आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार १०ः ४५ मा हुनेछ । नेपालले सुरुवाती सबै चार खेलमा सहज जित हात पारेको छ । नेपाली टोलीको असली परिक्षा हुनेछ । युएई पनि चार खेलमा अपराजित छ ।

नेपालले सिंगापुरलाई ९६, कुवेतलाई २ सय ४३, हङकङलाई ९ विकेट र मलेसियालाई १० विकेटले हराएको थियो । घरेलु टोली युएईले मलेसियालाई ७ विकेट, हङकङलाई १ सय ६३ रन, सिंगापुर र कुवेतलाई ८–८ विकेटले हराएको थियो । नेपालको ब्याटिङ र बलिङ दुवै राम्रो छ । यस प्रतियोगितामा शतक प्रहार गर्ने नेपाली खेलाडी मात्रै हुन् ।

कुवेतविरुद्ध नेपालका अर्जुन साउदले १ सय ८ र देव खनालले १ सय २५ रनको सानदार शतकीय इनिङ खेलेका थिए । आकाश त्रिपाठीले दुई र विशाल विक्रम केसीले एक अर्धशतक प्रहार गरेका छन् । तीव्र गतिका बलर आकाश चन्द ११, हेमन्त धामी र दीपेश कँडेलले ७-७ विकेट लिँदै प्रतियोगितामा सानदार प्रदर्शन गरेका छन् ।

स्पिनर सुवास भण्डारीको प्रदर्शन पनि त्यतिनै राम्रो छ । एपिएफबाट घरेलु क्रिकेट खेल्ने दीपक बोहरा ठूलो आशा गरेका खेलाडी हुन् । युएईविरुद्ध सानदार प्रदर्शन गर्दै विश्वकप सपना साकार पार्न महत्वपूर्ण योगदान दिनसक्छन् । मलेसियाविरुद्ध ३८ रनको आक्रामक इनिङ खेल्दै मनोबल उच्च बनाएका छन् ।

युएईका दुई खेलाडीबाट नेपाल सचेत हुनुपर्छ । युएईका कप्तान आयन खान अनुभवी खेलाडी हुन् । सिनियर टोलीबाट खेलेका आयन स्पिन बलिङसँगै राम्रो ब्याटिङ गर्दछन् । पिच स्पिनर सहयोगी छ । युएईबाट गतवर्ष यू–१९ विश्वकप खेलेका ध्रुव पराशरले यस प्रतियोगितामा सानदार अलराउन्ड प्रदर्शन गरेका छन् । उनले प्रतियोगितामा सर्वाधिक १ सय ९२ रन बनाउनुको साथै १० विकेट लिएका छन् ।

युएईका आयन खान सिनियर छाडेर यू-१९ खेलेका छन् । युएईको लागि पनि यू१९ विश्वकप निकै महत्वपूर्ण हुनेछ । नेपाल र युएईबीचको यो प्रतिष्ठाको लडाई समेत हो । गतवर्ष युएईलाई सोझै विश्वकपमा पुर्याउदा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को चर्को आलोचना समेत भएको थियो ।

त्यसैले दुवै टोली जितका साथ विश्वकपमा स्थान बनाउन चाहन्छन् । नेपाल आठौं र युएई तेस्रो पटक विश्वकप खेल्ने सोचमा हुनेछन् । तुलनात्मक रुपमा नेपाल बलियो देखिएको छ । युएई घरेलु मैदानको फाइदा उठाउन चाहन्छ । नेपाल आफ्नो लय र मनोबललाई निरन्तरता दिन खोज्नेछ ।

मुख्य प्रशिक्षक टमाटा एक रनको हारको बदला भन्दा पनि देशलाई खुशी दिलाउने बताउँछन् । ‘अव पिडा भन्दा पनि यसलाई म कसरी लिएको छु भने देशमा एउटा खुसी दिलाउने हो । गएको कुरालाई बिर्सिने हो । हो भित्र मनमा हुन्छ । विश्वकपमा पुगेर सबै नेपालीको अनुहारमा खुसी हेर्न मन छ’, टमाटाले भने ।

कप्तान देव खनाल इतिहास लेख्न एक कदम टाढा रहेको बताउँछन् । ‘इतिहास लेख्न एक कदम टाढा छौं जस्तो लाग्छ मलाई । युएई र हाम्रो टिम समान छन् । दुवै टोलीमा खासै फरक छैन । युएई र हाम्रो खेलमा जसले उत्कृष्ट क्रिकेट खेल्छ त्यसैले जित्ने हो । सबै खेलाडी विश्वकप नखेलेको ८ वर्ष भयो भनेका छन् । विश्वकप खेल्ने ठुलै सपना छ । आशा गरौं उत्कृष्ट खेल्ने छौं’, देवले भने ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.