default_image

3 years ago

March 2, 2023

नेपालले एकै समयमा आज युएईसँग दुई महत्वपूर्ण खेल खेल्दै

344 views

0 Bookmark

दुबई (हाम्रो खेलकुद) – नेपाली दुई क्रिकेट टोलीले आज घरेलु टोली युएईविरुद्ध महत्वपूर्ण खेल खेल्दैछन् । नेपालको सिनियर टोलीले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्याहन्न ११ ः ४५ मा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

नेपालको यू–१९ टोलीले आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत युएईसँग खेल्दैछ । खेल आजमानमा रहेको इडेन गार्डेन ओभलमा नेपाली समय अनुसार विहान १०: ४५ मा सुरु हुनेछ ।

नेपालले २०२४ को यू-१९ विश्वकप खेल्न युएईलाई हराउनु पर्ने हुन्छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियमबाट आजमान ६२ किलोमिटर टाढा छ । यू-१९ खेल एक घण्टा अघि सुरु हुन्छ । आजमान खेल्ने नेपाली यू१९ टोली विजयी भए विश्वकपमा पुग्नेछ । दुबई सिनियर टोली विजयी भए नेपाल शीर्ष तीनमा रहँदै सोझै एकदिवसीय विश्वकप छनोट खेल्ने सम्भावना मजबुत बन्नेछ ।

आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा सुरुवाती चार खेल खेल्दा दुवै टोली अपराजित छन् । युएई नेटरनरेटको कारण शीर्ष र नेपाल दोस्रो स्थानमा छ । नेपाल र युएईवीचको खेलको विजेता टोली च्याम्पियन बन्दै २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ ।

नेपाल २०१६ पछि यू–१९ विश्वकप खेल्ने सोचमा हुनेछ । नेपालले सिंगापुरलाई ९६, कुवेतलाई २ सय ४३, हङकङलाई ९ विकेट र मलेसियालाई १० विकेटले हराएको थियो । घरेलु टोली युएईले मलेसियालाई ७ विकेट, हङकङलाई १ सय ६३ रन, सिंगापुर र कुवेतलाई ८–८ विकेटले हराएको थियो ।

नेपाल २०१९ मा भोगेको एक रनको हारको बदला लिँदै विश्वकपमा पुग्न चाहन्छ । किनारारा ओभल क्रिकेट एकेडेमीमा नेपाल २०१९ अप्रिल १३ मा यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा युएईसँग डकवर्थ लेविस पद्धतिको आधारमा एक रनले पराजित हुँदै बाहिरिएको थियो ।

नेपालले दिएको २ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको युएईले ३० ओभरमा १२२-३ को अवस्थामा वर्षाले खेल रोकिएपछि पराजित हुन पुगेको थियो । त्यो एक रनको हारको कारण नेपालले दुई विश्वकप खेल्न पाएन ।

कोरोना महामारीको कारण २०२१ को एसिया क्षेत्र छनोट हुन नसकेपछि युएई त्यहिँ एक रनको जितको कारण २०२२ को विश्वकप खेलेको थियो । नेपाल र युएईबीचको पछिल्ला पाँच छनोटको खेल हेर्दा युएई अघि भएको थियो ।

त्यहिँ एक रनको जितको कारण युएई अघि भएको थियो । नेपाली यू१९ टोली त्यसको बदला लिँदै ८ वर्षपछि विश्वकप खेल्न चाहन्छ । गतवर्ष सिनियर टोली पनि टि२० विश्वकप छनोट क्वालिफायर एको सेमिफाइनलमा युएईसँग ६८ रनले पराजित हुँदै बाहिरिएको थियो । नेपाल यी सबै हारको बदला लिदै विश्वकप खेल्ने सोचमा हुनेछ ।

आइसिसी विश्वकप लिग २ को अंक तालिकामा नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकका साथ छैटौं स्थानमा छ । युएई २९ खेलमा १३ मा जित र १३ मा हार सहित २९ अंकका साथ पाँचौं स्थानमा छ । शीर्ष तीनमा रहँदै आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोट सोझै खेल्न नेपालले अव ७ मध्य ६ खेल जित्नुपर्ने हुन्छ ।

शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता जोगाउन नेपालले कम्तिमा ४ खेल जित्न आवश्यक छ । सिनियर टोलीको लागि पनि यो खेल निकै महत्वपूर्ण रहेको छ । यू१९ को कप्तानी देव खनाल र सिनियरको रोहित पौडेलले कप्तानी गर्नेछन् ।

नेपालको टोली :

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, सन्दीप जोरा, कुशल मल्ल, सन्दीप लामिछाने, (श्याम), गुलशन झा, आरिफ शेख र प्रतिश जि.सी ।

नेपाली यू–१९ टोली :

देव खनाल (कप्तान), दीपेश कँडेल (उपकप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर (विकेटकिपर) दीपक डुम्रे (विकेटकिपर), हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, सुवास भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.