3 years ago
March 2, 2023
आजमान (हाम्रो खेलकुद) – कप्तान देव खनाल र उत्तम थापामगरको साझेदारीमा नेपालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत निर्णायक खेलमा युएईविरुद्ध खेलमा फर्किएको छ । आजमानमा रहेको इडेन गार्डेन ओभलमा नेपालले टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १७ ओभरमा ३ विकेट गुमाउँदै ६७ रन बनाएको छ ।

नेपालका देव खनाल ४५ बलमा २ चौका र १ छक्कासहित ३१ रनमा क्रिजमा छन् । उत्तम थापामगर २८ बलमा २ चौकासहित १७ रनमा क्रिजमा छन् । एक समय १९-३ को अवस्थामा पुगेको नेपाललाई देव र उत्तमको साझेदारीले खेलमा फर्काएको छ ।
नेपालले पहिलो ओभरमै विकेट गुमायो । ओपनर दीपक बोहरालाई तीव्र गतिका बलर हरित हर्ष सिठ्ठीले बोल्ड आउट गरे । चौथो ओभरको पाँचौं बलमा नेपालका ओपनर अर्जुन कुमाल तीन रनमा क्याच आउट भए । हरितले नै आकाश त्रिपाठीलाई ९ रनमा बोल्ड आउट गरे । त्यसपछि देव र उत्तमले खेललाई अगाडि बढाएका छन् ।
नेपालले आजको खेलमा टोलीमा कुनैपनि परिवर्तन गरेको छैन । मलेसियालाई १० विकेटले हराउँदाको टोलीलाई निरन्तरता दिएको छ । आजको खेलमा पनि दुर्गेश गुप्ता, दीपक डुम्रे र दीपक बोहरा बेन्चमा छन् ।

नेपाल र युएई दुवै सुरुवाती चार खेलमा अपराजित छन् । समान ८ अंक भएपनि युएई नेटरनरेटको कारण शीर्ष स्थानमा छ । यस खेलको विजेताले आगमी वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकप खेल्न पाउनेछ । नेपाल युएईलाई हराउँदै २०१६ पछि पहिलो पटक विश्वकप खेल्ने सोचमा हुनेछ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६, कुवेतलाई २ सय ४३, हङकङलाई ९ विकेट र मलेसियालाई निरन्तरता दिएको छ ।
नेपालको प्लेइङ ११ :
दीपक बोहरा, अर्जुन कुमाल, आकाश त्रिपाठी, देव खनाल, विशाल विक्रम केसी, मिलन बोहरा, दीपेश कँडेल, सुवास भण्डारी, आकाश चन्द, हेमन्त धामी र उत्तम थापामगर
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]