default_image

3 years ago

March 2, 2023

विश्वकपमा पुग्न निर्णायक खेलमा नेपालको मध्यम ब्याटिङ

303 views

0 Bookmark

आजमान (हाम्रो खेलकुद) – कप्तान देव खनालको अर्धशतकमा नेपालले आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा युएईलाई विश्वकपमा पुग्न १ सय ९२ रनको मध्यम लक्ष्य दिएको छ ।

आजमान रहेको इडेन गार्डेन ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४८. ५ ओभरमा १ सय ९१ रनमा अल आउट भयो । नेपालका कप्तान देव खनालले ८४ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ५१ रनको योगदान दिए । देव बाहेक अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

देव स्पिनर अमर बदामीको बलमा कट खेल्ने धुनमा एज लागेर फस्ट स्लिपमा आयनबाट क्याच आउट भएका थिए । देवले कुवेतविरुद्ध १ सय २५नको सानदार शतकीय इनिङ खेलेका थिए ।

एक समय १९–३ को अवस्थामा पुगेको नेपाललाई चौथो विकेटका लागि उत्तम थापामगर र देव खनालले ८४ रनको उत्कृष्ट साझेदारी गर्दै खेलमा फर्काएका थिए । उत्तम स्पिनर आयन खान अफ्जलको बलमा एलबीडब्लू आउट हुन पुगेका थिए । उत्तमले ४८ बलमा ३ चौका र १ छक्कासहित ३६ रनको महत्वपूर्ण इनिङ खेलेका थिए । यी दुई ब्याटरपछि भने नेपालबाट राम्रो साझेदारी हुन सकेन । नेपालले लगातार विकेट गुमाई रह्यो ।

नेपालले पहिलो ओभरको पहिलो बलमै ओपनर दीपक बोहरालाई रोयल डक गुमाउन पुगेको थियो । बोहरालाई तीव्र गतिका बलर हरित हर्ष सिठ्ठीले बोल्ड गर्दै नेपाललाई केहि दबाबमा राखे । चौथो ओभरको पाँचौं बलमा नेपालका ओपनर अर्जुन कुमाल तीन रनमा क्याच आउट भए । अर्जुन स्पिनर हर्षितको बलमा क्याच आउट भएका थिए । नेपालका प्रमुख ब्याटर अर्जुन आउट भएपछि सुरुवातमा युएई खेलमा हाबी बनेको थियो ।

हरितले यस प्रतियोगितामा राम्रो प्रदर्शन गरेका तेस्रो नम्बरका ब्याटर आकाश त्रिपाठीलाई ९ रनमा बोल्ड गरे । देव आउट भएपछि तल्लोक्रममा विशालले इनिङ सम्हाल्ल खोजेका थिए । तर विशाल धेरै समय क्रिजमा टिक्न सकेनन् । आयन खानको बलमा विशाल विक्रम केसी ५० बलमा ५ चौकासहित ३८ रनमा एलबीडब्लू आउट भए ।

उनी अम्पारको निर्णयमा असन्तुष्ट ब्यक्त गरेका थिए । त्यसअघि मिलन बोहरा २१ बलमा १ चौकासहित १० रनमा रन आउट भए । हेमन्त धामी १३ बलमा १ चौका र १ छक्कासहित १३ रनमा आउट भए ।

दीपेश कँडेलले १५ रनमा आउट भए । युएईका कप्तान आयन खानले १० ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । हरितहर्ष सिट्ठीले दुई विकेट लिए । ध्रुव परासरले ६.५ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए ।

नेपाल यस खेलमा विजयी भएमा आगमी वर्ष श्रीलंकामा हुने यू१९ विश्वकप खेल्न पाउनेछ । नेपाल २०१६ पछि पहिलो यू१९ विश्वकप खेल्ने सोचमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.