default_image

3 years ago

March 2, 2023

नेपाललाई युएईको मध्यम लक्ष्य

250 views

0 Bookmark

एजेन्सी – घरेलु टोली युएईले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाललाई २ सय ८ रनको मध्यम लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७ रन बनायो ।

युएईका ओपनर आसिफ खानले ९९ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ७२ रनको योगदान दिए । रोहन मुस्तफा ७६ बलमा २ चौकासहित ५२ रनमा अविजित रहे । तीव्र गतिका बलर करण केसीले पहिलो ओभरको पाँचौं बलमा ओपनर मोहम्मद वासिमलाई शून्यमा बोल्ड आउट गरे ।

दोस्रो विकेटका लागि वृत्य अरविन्द र आसिफले ४६ रनको साझेदारी गरेका थिए । वृत्य सन्दीपको बलमा १८ रनमा कुशल भुर्तेलबाट क्याच आउट भए । कप्तान सिपी रिजवान ४० बलमा १ चौकासहित २२ रनमा आउट भए । मुस्तफा र आसिफले चौथो विकेटका लागि ५० रनको साझेदारी गरेका थिए । आर्यन लर्कान २८ रनमा आउट भए ।

नेपालका सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । करण केसी, आरिफ शेख र कुशल मल्लले एक एक विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.