default_image

1 year ago

March 2, 2023

युएईसँग नेपालको फराकिलो हार

127 views

0 Bookmark

दुबई (हाम्रो खेलकुद) – नेपाल आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईसँग ६८ रनको फराकिलो अन्तरले पराजित भएको छ । यो हारसँगै नेपालको शीर्ष तीनमा रहँदै सोझै विश्वकप खेल्ने सम्भावना निकै कठिन बनेको छ ।

जितको लागि २ सय ८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ३१.५ ओभरमा १ सय ३९ रनमा अल आउट भयो । नेपालका कुशल मल्लले ५३ बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ६० रन बनाए । खराब ब्याटिङ गर्नेक्रममा नेपालका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पहिलो विकेटका लागि आसिफ शेख र कुशल भुर्तेलले १.२ ओभरमा १२ रनको साझेदारी गरेका थिए । कुशल भुर्तेल सबिर अलीको बलमा मोहम्मद वासिमबाट ५ रनमा क्याच आउट भए । तीव्र गतिका बलर जुनैद सिद्दिकले तेस्रो ओभरको तेस्रो बलमा विकेटकिपर वृत्य अरविन्दबाट शून्यमा क्याच गराए । एक बलपछि कप्तान रोहित पौडेल बोल्ड आउट हुन पुगेपछि नेपाल १७(३ को अवस्थामा पुगेको थियो ।

त्यसपछि नेपालले लगातार विकेट गुमायो । आरिफ शेख डक, दीपेन्द्रसिंह ऐरी ७, गुलशन झा र सोमपाल कामी ४(४ रनमा आउट भए । सन्दीप लामिछाने २४ बलमा ४ चौकासहित २६ रनमा अविजित रहे । आसिफ शेख १६ बलमा ३ चौकासहित १७ रनमा आउट भए।

युएईका रोहन मुस्तफाले १० ओभरमा २ मेडनसहित ३१ रन खर्चेर ३ विकेट लिए । कार्तिक मयाप्पनले ८.५ ओभरमा १ मेडनसहित २६ रन खर्चेर ३ विकेट लिए । जुनैद सिद्दिकले २ र सबिर अलि राओले एक विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७ रन बनाएको थियो । युएईको जितमा ओपनर आसिफ खानले ९९ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ७२ रनको योगदान दिए ।

रोहन मुस्तफा ७६ बलमा २ चौकासहित ५२ रनमा अविजित रहँदै अलराउन्ड प्रदर्शन गरे । तीव्र गतिका बलर करण केसीले पहिलो ओभरको पाँचौं बलमा ओपनर मोहम्मद वासिमलाई शून्यमा बोल्ड आउट गरेका थिए ।

दोस्रो विकेटका लागि वृत्य अरविन्द र आसिफले ४६ रनको साझेदारी गरेका थिए । वृत्य सन्दीपको बलमा १८ रनमा कुशल भुर्तेलबाट क्याच आउट हुन पुगेका थिए । कप्तान सिपी रिजवान ४० बलमा १ चौकासहित २२ रनमा आउट भए । मुस्तफा र आसिफले चौथो विकेटका लागि ५० रनको साझेदारी गरेका थिए । आर्यन लर्कान २८ रनमा आउट भए ।

नेपालका सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । करण केसी, आरिफ शेख र कुशल मल्लले एक एक विकेट लिए । नेपालले अव शीर्ष तीनमा रहँदै सोझै एकदिवसीय विश्वकप छनोट खेल्न बाँकी सबै ६ खेल जित्नुपर्ने हुन्छ ।

शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता जोगाउन नेपालले अव ४ खेल जित्नुपर्ने हुन्छ । नेपालले शुक्रबार पपुवा न्युगिनी र ६ मार्चमा युएईसँग खेल्नेछ । त्यसपछि घरेलु मैदानमा यी दुई टोलीसँग सिरिज खेल्नेछ ।

May 8, 2024

हेड र अभिषेकको सानदार ब्याटिङमा हैदरावादको जित 

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा बुधबार सनराइजर्स हैदरावादले लखनउ सुपर जाइन्ट्समाथि सानदार जित दर्ता गरेको छ । हैदरावादले विष्फोटक ब्याटिङ गर्दै लखनऊ माथि १० विकेटको जित निकालेको हो ।   हैदरावादले १० ओभरमा एक विकेट नगुमाई १ सय ६६ रनको लक्ष्य पछ्याउँदै दुई अंक जोड्यो । हैदरावादका ओपनर ट्राभिस हेड र अभिषेक शर्माले सानदार […]

May 8, 2024

दिल्लीको राजस्थानविरुद्ध जित

एजेन्सी – दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि जित दर्ता गर्दै इंडियन प्रिमियर लिग (आईपिएल) मा प्लेअफ पुग्ने आशा कायम राखेको छ । राजस्थान माथि २० रनको जित दर्ता गर्दै दिल्लीले प्लेअफ पुग्ने सम्भावना कायम नै राखेको छ । दिल्लीले दिएको २ सय २२ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय […]

May 7, 2024

एन्जल्स हार्टले केएमसीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– एन्जल्स हार्ट स्कुलले जयकुमारनाथ शाह स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा मंगलबार केएमसीलाई हराएको छ । एन्जल्स हार्टले केएमसीलाई ६ विकेटले हराएको हो । १ सय ६३ लक्ष्य पछ्याएको एन्जल्स हार्टसले १९.३ ओभरमा ४ विकेटको क्षेतिमा जित हासिल गरेको थियो । टोलीका लागि युवराज खत्रीले ३६ बलमा ४९, जोय थापा २९ […]

Success

Thank you for your time.