default_image

1 year ago

March 2, 2023

नेपाल च्याम्पियन बन्दै विश्वकपमा

166 views

0 Bookmark

दुबई (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा च्याम्पियन बन्दै विश्वकपमा पुगेको छ । अन्तिम खेलमा नेपालले घरेलु टोली युएईमाथि ७ रनको अविश्वसनीय जित निकाल्दै शीर्ष स्थानमा रहँदै २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकपमा स्थान बनाएको हो ।

नेपाल ५ खेलमा १० अंकका साथ शीर्ष स्थानमा रह्यो । युएई ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंकका साथ दोस्रो स्थानमा रह्यो । प्रतियोगितामा सिंगापुर ५ खेलमा ३ मा जित र २ मा हारसहित तेस्रो स्थानमा रह्यो । ६ टोली सहभागी प्रतियोगितामा राउन्ड रोविनको आधारमा नेपाल शीर्ष स्थानमा रहँदै च्याम्पियन बनेको हो ।

यसअघि नेपालले २००१, २००३, २००५, २००७ को एसिसी यू१९ कप जितेर नै विश्वकप खेलेको थियो । सन् १९९९ मा भने नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएर पनि विश्वकप खेल्न पाएका थिए । त्यो समय दुई टोलीले विश्वकप खेल्न पाउथे । २०११ मा नेपाल ग्लोबल क्वालिफायरको उपविजेता र २०१५ मा नेपाल ग्लोबल छनोटको विजेता बन्दै विश्वकपमा पुगेको थियो ।

सन् १९८८ देखि सुरु भएको यू–१९ विश्वकपमा नेपालले २००० मा डेब्यू गरेको थियो । नेपालले २००० देखि २०१६ सम्म ७ पटक यू१९ विश्वकप खेलेको थियो । नेपालले २००० देखि ८ सम्म पाँच संस्करण विश्वकप लगातार खेलेको थियो । त्यसपछि २०१२ र २०१६ मा यू–१९ विश्वकप खेलेको थियो ।

यसअघि नेपाल २०१९ को एसिया क्षेत्र छनोटमा युएईसँग एक रनले पराजित हुँदै दुई विश्वकप खेल्न पाएको थिएन । २०२१ को एसिया छनोट नभएपछि आइसिसीले पछिल्ला पाँच छनोटको नतिजा हेरेको थियो । त्यहिँ एक रनको हारले नेपाल सोझै विश्वकप खेल्न पाएको थिएन ।

सन् २००६ मा न्युजिल्यान्डलाई हराउँदै प्लेट च्याम्पिन नै बनेको थियो । २००८ मा प्लेट च्याम्पियनसिपको फाइनलमा वेस्टइन्डिजसँग पराजित भएको थियो । नेपालले २०१६ पछि यू१९ विश्वकप खेलेको छैन । २०१७ को छनोटमा अफगानिस्तान र २०१९ मा युएईसँग पराजित भएको थियो ।

नेपालले प्रस्तुत गरेको १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको युएई ४८ ओभरमा १ सय ८४ रनमा अल आउट भयो । युएईलाई जितको लागि अन्तिम १८ बलमा ११ रन चाहिँदा स्पिनर दीपेश कँडेलले ४८ औं ओभरको अन्तिम तीन बलमा लगातार तीन विकेट लिँदै नेपालको विश्वकप सपना पूरा गरेका हुन् । नेपाललाई जित दिलाउन दीपेशले ह्याट्रिकसहित सर्वाधिक पाँच विकेट लिए ।

नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रन, दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रन, तेस्रो खेलमा हङकङलाई ९ विकेट र मलेसियालाई १० विकेटले हराएको थियो ।

May 8, 2024

हेड र अभिषेकको सानदार ब्याटिङमा हैदरावादको जित 

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा बुधबार सनराइजर्स हैदरावादले लखनउ सुपर जाइन्ट्समाथि सानदार जित दर्ता गरेको छ । हैदरावादले विष्फोटक ब्याटिङ गर्दै लखनऊ माथि १० विकेटको जित निकालेको हो ।   हैदरावादले १० ओभरमा एक विकेट नगुमाई १ सय ६६ रनको लक्ष्य पछ्याउँदै दुई अंक जोड्यो । हैदरावादका ओपनर ट्राभिस हेड र अभिषेक शर्माले सानदार […]

May 8, 2024

दिल्लीको राजस्थानविरुद्ध जित

एजेन्सी – दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि जित दर्ता गर्दै इंडियन प्रिमियर लिग (आईपिएल) मा प्लेअफ पुग्ने आशा कायम राखेको छ । राजस्थान माथि २० रनको जित दर्ता गर्दै दिल्लीले प्लेअफ पुग्ने सम्भावना कायम नै राखेको छ । दिल्लीले दिएको २ सय २२ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय […]

May 7, 2024

एन्जल्स हार्टले केएमसीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– एन्जल्स हार्ट स्कुलले जयकुमारनाथ शाह स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा मंगलबार केएमसीलाई हराएको छ । एन्जल्स हार्टले केएमसीलाई ६ विकेटले हराएको हो । १ सय ६३ लक्ष्य पछ्याएको एन्जल्स हार्टसले १९.३ ओभरमा ४ विकेटको क्षेतिमा जित हासिल गरेको थियो । टोलीका लागि युवराज खत्रीले ३६ बलमा ४९, जोय थापा २९ […]

Success

Thank you for your time.