default_image

1 year ago

March 2, 2023

नेपालको जितका पाँच टर्निङ प्वाइन्ट

116 views

0 Bookmark

दुबई (हाम्रो खेलकुद) – नेपालले आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत अन्तिम खेलमा घरेलु टोली युएईलाई हराउँदै विश्वकपमा पुगेको छ । निर्णायक खेलमा नेपालले युएईलाई ७ रनले हराउँदै २०२४ मा श्रीलंकामा हुने यू१९ विश्वकपको लागि स्थान पक्का गरेको छ । योसँगै ८ वर्ष देखिको नेपालको विश्वकप खडेरी पनि तोडिएको छ ।

जितको लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको युएई १ सय ८५ रनमा अल आउट भयो । दीपेश कँडेलले ४८ औं ओभरमा तीन विकेट लिँदै नेपालको जित पक्का गराएका हुन् । अन्तिम १८ बलमा जितको लागि ११ रन चाहिँदा हातमा तीन विकेट थियो । अन्तिम तीन बलमा लगातार विकेटका साथ जित पक्का गराएका थिए ।

त्यसअघि आजमान रहेको इडेन गार्डेन ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४८.५ ओभरमा १ सय ९१ रनमा अल आउट भएको थियो ।

नेपालका कप्तान देव खनालले ८४ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ५१ रनको योगदान दिए । नेपालको अविश्वसनीय जितका पाँच टर्निङ प्वाइन्ट यस प्रकार छन् ।

५.देव र विशालको ब्याटिङ

नेपालको जितमा टर्निङ प्वाइन्ट बन्यो । ३.५ ओभरमा ९-२ को अवस्थामा देव मैदान छिरेका थिए । आकाश त्रिपाठीलाई ९ रनमा गुमाउँदा ६.१ ओभरमा १९३ को दयनीय अवस्थामा पुगेको थियो । तर कप्तान देव खनालले कप्तानी इनिङ खेले ।

दबाबमा आफ्नो करिअरको एक उत्कृष्ट ब्याटिङ गरेका थिए । देवले ८४ बलमा ३ चौका र १ छक्कासहित ५१ रनको महतवपूर्ण इनिङ खेले । उनले मध्यक्रममा युएईका प्रमुख स्पिनर आयन खानको बल सामना गर्दै रन जोडेका थिए । जसले टोली मध्यम योगफलमा पुग्यो ।

तर देव आउट हुँदा नेपाल ११५–५ को अवस्थामा थियो । विशाल विक्रम केसीले तल्लोक्रममा राम्रो ब्याटिङ गर्दै ५० बलमा ५ चौकासहित ३८ रन जोडे । जसले नेपाललाई २ सय नजिक योगफलमा पुर्याएको थियो । जुन योगफल बलरले रोक्न सफल भए । यी नेपालको जितमा यी दुई ब्याटरको ब्याटिङ टर्निङ प्वाइन्टको रुपमा छ ।

४.हेमन्तको इथानलाई बोल्ड

एक समय युएई पुरै खेलमा हाबी बनि सकेको थियो । युएईका मध्यक्रमका ब्याटर इथान कार्ल डी सोल्जाले नेपालको स्पिनको डटेर समना गरेका थिए । उनले ६६ बलमा ८ चौकासहित ५० रनको योगदान दिए । इथानले सहज जित दिलाउने संकेत देखाएका थिए ।

युएईलाई जितको लागि ४८ बलमा ४० रन चाहिँदा हातमा ६ विकेट थियो । क्रिजमा टिकेर खेलेका इथान थिए । उनले सबै नेपाली बलर खेलि सकेका थिए । उनी टिकेको खण्डमा युएईले सहजै जित हात पार्न सक्थ्यो ।

तर तीव्र गतिका बलर हेमन्त धामीले ४३ औं ओभरको दोस्रो बलमा उनलाई बोल्ड आउट गर्दै पेभेलिएन फर्काए । त्यो विकेट नेपालको जितको टर्निङ प्वाइन्ट बन्यो । उनी आउटसँगै नेपालको जितको सम्भावना मजबुत बनेको थियो ।

३.सुवासको बलिङ

युएईले नेपालविरुद्ध उत्कृष्ट सुरुवात गर्यो । पहिलो विकेटका लागि अर्यान सक्सेना र अर्यान्श शर्माले १७.२ ओभरमा ६७ रनको साझेदारी गर्दै नेपालको विश्वकप सपनामा कठिन बनेको थियो । नेपाली बलर विकेट लिन संघर्ष गरेका थिए । ड्रिङ्स ब्रेकपछि सुवास भण्डारीले शर्मालाई ३२ रनमा बोल्ड गर्दै नेपाललाई पहिलो सफलता दिलाए ।

यदि त्यो साझेदारीले थप रन जोडेको भए नेपालको हार लगभग पक्कापक्की थियो । सुवासले युएईका प्रमुख ब्याटर आयन खानलाई शून्यमा पठाउँदै नेपालको जितको सम्भावना कायमै राखेका थिए ।

आयन युएईका सर्वाधिक अनुभवी खेलाडी थिए । उनको प्रदर्शन टोलीको लागि निकै महत्वपूर्ण हुन्थ्यो । सुवासले नेपाललाई शीर्षक्रमका दुई विकेट लिँदै खेलमा फर्काएका थिए । जुन नेपालको जितको एक टर्निङ प्वाइन्ट थिए ।

२.देव र उत्तमको साझेदारी

नेपालको सुरुवात निकै खराब रह्यो । पहिलो ओभरको पहिलो बलमै दीपक बोहरा बोल्ड आउट भए । प्रमुख ब्याटर अर्जुन कुमाल ३ र आकाश त्रिपाठी ९ आउट हुँदा १९–३ को अवस्थामा पुगेको थियो ।

नेपाललाई खेलमा फर्किन त्यो समय एउटा राम्रो साझेदारी चाहिँएको थियो । देव र उत्तमले मिलेर चौथो विकेटका लागि ८४ रनको साझेदारी गरे । टोलीको आवश्यक अनुसार नै उत्तम र देवले उक्त साझेदारी गरेका थिए । युवा विकेटकिपर उत्तम थापामगरले ४८ बलमा ३ चौका र १ छक्कासहित ३६ रनमा आउट भए ।

१ .दीपेशको अन्तिम जादुमय ह्याट्रिक

नेपालको जितको प्रमुख प्वाइन्ट दीपेशको अविश्वसनीय ह्याट्रिक हो । नेपालको जित हातबाट लगभग निस्कि सकेको थियो । अन्तिम १८ बलमा जितको लागि ११ रन चाहिँदा हातमा तीन विकेट थियो । नेपालले स्पिनर दीपेश कँडेलले पहिलो बल महरुफलाई एक र दोस्रो बल हर्षितलाई डट राखे ।

तेस्रो बलमा दुई रन बटुले । त्यो समय १५ बलमा ८ रन चाहिँएको थियो । चौथो बलमा दीपेशले हर्षितलाई ४ रनमा बोल्ड आउट गरे । पाँचौं बलमा हरितलाई देव खनालबाट क्याच आउट गराए ।

अन्तिम बलमा दीपेशले मोनिसलाई बोल्ड गर्दै अविश्सनीय जित दिलाए । नेपाललाई जिताउन नायक बनेका दीपेशले १० ओभरमा १ मेडनसहित ३१ रन खर्चेर ५ विकेट लिएका थिए । दीपेश नै खेलको प्लेयर अफ द म्याच चुनिए ।

May 8, 2024

हेड र अभिषेकको सानदार ब्याटिङमा हैदरावादको जित 

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा बुधबार सनराइजर्स हैदरावादले लखनउ सुपर जाइन्ट्समाथि सानदार जित दर्ता गरेको छ । हैदरावादले विष्फोटक ब्याटिङ गर्दै लखनऊ माथि १० विकेटको जित निकालेको हो ।   हैदरावादले १० ओभरमा एक विकेट नगुमाई १ सय ६६ रनको लक्ष्य पछ्याउँदै दुई अंक जोड्यो । हैदरावादका ओपनर ट्राभिस हेड र अभिषेक शर्माले सानदार […]

May 8, 2024

दिल्लीको राजस्थानविरुद्ध जित

एजेन्सी – दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि जित दर्ता गर्दै इंडियन प्रिमियर लिग (आईपिएल) मा प्लेअफ पुग्ने आशा कायम राखेको छ । राजस्थान माथि २० रनको जित दर्ता गर्दै दिल्लीले प्लेअफ पुग्ने सम्भावना कायम नै राखेको छ । दिल्लीले दिएको २ सय २२ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २ सय […]

May 7, 2024

एन्जल्स हार्टले केएमसीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– एन्जल्स हार्ट स्कुलले जयकुमारनाथ शाह स्मृति यु १६ अन्तर स्कुल क्रिकेट प्रतियोगितामा मंगलबार केएमसीलाई हराएको छ । एन्जल्स हार्टले केएमसीलाई ६ विकेटले हराएको हो । १ सय ६३ लक्ष्य पछ्याएको एन्जल्स हार्टसले १९.३ ओभरमा ४ विकेटको क्षेतिमा जित हासिल गरेको थियो । टोलीका लागि युवराज खत्रीले ३६ बलमा ४९, जोय थापा २९ […]

Success

Thank you for your time.