default_image

3 years ago

March 3, 2023

एकै ओभरमा दुई विकेटसँगै संकटमा नेपाल

396 views

0 Bookmark

दुबई (हाम्रो खेलकुद) – नेपालका कप्तान रोहित पौडेल आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध आउट भएका छन् ।

जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ५ विकेट गुमाउँदै ५२ रन बनाएको छ । नेपालका आसिफ शेख ४१ बलमा २४ रनमा क्रिजमा छन् ।

१८ औं ओभरको पहिलो बलमा असादल भालाले गरेको बलमा कप्तान रोहित कट बिहाइन्ड हुँदै १ रनमा विकेटकिपरबाट क्याच आउट भए । पाँचौं बलमा भालाले आरिफ शेखलाई एक रनमा बोल्ड गरेपछि नेपाल संकटमा पुगेको छ ।

नेपालले कमजोर सुरुवात गरेको छ । पपुवा न्युगिनीका तीव्र गतिका बलर सेमो कमेआको बलमा ओपनर कुशल भुर्तेल पहिलो बलमै बोल्ड हुँदै रोयल डक पेभेलिएन फर्केका थिए । कुशलले पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध ५५ रन जोड्दै प्लेयर अफ द म्याच चुनिएका थिए ।

सेमोको बलमा ज्ञानेन्द्र मल्ल राइली ह्याकुरेबाट ६ रनमा क्याच आउट भए । युएई भ्रमणमा पहिलो पटक मौका पाएका भीम सार्की ३५ बलमा ८ रन बनाउँदै कप्तान असाद भालाको बलमा कट एण्ड बोल्ड आउट भएपछि ४६-३ को अवस्थामा पुगेको थियो ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको पपुवा न्युगिनी ४९।२ ओभरमा १ सय ७९ रनमा अल आउट भएको थियो । पपुवा न्युगिनीका ओपनर टोनी उराले ५१ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३९ रन बनाएका थिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.