3 years ago
March 3, 2023
दुबई (हाम्रो खेलकुद) – विकेटकिपर आसिफ शेखले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध अर्धशतक प्रहार गरेका छन् । जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३३.१ ओभरमा ७ विकेट गुमाउँदै १ सय ९ रन बनाएको छ ।

नेपालका आसिफ शेख ८८ बलमा १ चौकासहित ५० रनमा क्रिजमा छन् । उनलाई सन्दीप लामिछानेले ३ रनमा साथ दिएका छन् । पपुवा न्युगिनीका तीव्र गतिका बलर सेमो कमेआको बलमा ओपनर कुशल भुर्तेल पहिलो बलमै बोल्ड हुँदै रोयल डक पेभेलिएन फर्केका थिए ।
कुशलले पहिलो खेलमा पपुवा न्युगिनीविरुद्ध ५५ रन जोड्दै प्लेयर अफ द म्याच चुनिएका थिए । सेमोको बलमा ज्ञानेन्द्र मल्ल राइली ह्याकुरेबाट ६ रनमा क्याच आउट भए । युएई भ्रमणमा पहिलो पटक मौका पाएका भीम सार्की ३५ बलमा ८ रन बनाउँदै कप्तान असाद भालाको बलमा कट एण्ड बोल्ड आउट भएपछि ४६-३ को अवस्थामा पुगेको थियो ।
१८ औं ओभरको पहिलो बलमा असादल भालाले गरेको बलमा कप्तान रोहित कट बिहाइन्ड हुँदै १ रनमा पेभेलिएन फर्के । पाँचौं बलमा भालाले आरिफ शेखलाई एक रनमा बोल्ड गरेपछि नेपाल ५३-५ को दयनीय अवस्थामा पुगेको थियो ।
दीपेन्द्रसिंह ऐरी सेसे बाउको बलमा ८ रनमा एलबीडब्लू आउट भए । सातौं विकेटका लागि कुशल मल्ल र आसिफ शेखले ३१ रनको साभेदारी गरेका थिए । कुशल मल्ल २६ बलमा २ चौकासहित २३ रनमा बाउको बलमा कट एण्ड बोल्ड आउट भए ।
त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको पपुवा न्युगिनी ४९.२ ओभरमा १ सय ७९ रनमा अल आउट भएको थियो । पपुवा न्युगिनीका ओपनर टोनी उराले ५१ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३९ रन बनाएका थिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]