3 years ago
March 3, 2023
दुबई (हाम्रो खेलकुद) – नेपाली यू-१९ क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले यू-१९ विश्वकपमा पुर्याउन नायक बनेका दीपेश कँडेलको आत्माविश्वासलाई आफूले सलाम गर्ने बताएका छन् । बिहीबार आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा युएईलाई ७ रनले हराउँदै नेपाललाई विश्वकपमा पुर्याउन दीपेश कँडेलले अविश्वसनीय प्रदर्शन गरे ।

जितको लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको युएईलाई ४८ ओभरमा १ सय ८४ रनमा अल आउट गर्न दीपेशले ह्याट्रिकसहित पाँच विकेट लिएका थिए । युएईलाई जितको लागि अन्तिम ८ रन चाहिँदा ४८ औं ओभरको अन्तिम तीन बलमा दीपेशले लगातार विकेट लिँदै नेपाललाई जित दिलाएका थिए ।
‘आज हामीले इतिहास फेरि रचेका छौं । सबै नेपालीको लागि खुसीको कुरा हो । मैले सुरुमै भनेको थिए । यो जित भनेको नेपाली समर्थकहरुको लागि हो भनेर । त्यसको लागि सबैलाई सर्व प्रथम धन्यावाद छ’, टमाटाले जितपछि भने ।
नेपालले युएईलाई विश्वकपमा पुग्न १ सय ९२ रनको लक्ष्य दिएको थियो । उनी त्यो लक्ष्य रोक्नमा आफू विश्वास रहेको बताउँछन् । ‘दोस्रो इनिङमा म विश्वस्थ थिए । किनभने खेलाडीहरुमा क्षमता थियो । हामीले आफ्नै मुलपानीको टर्निङ विकेटका खेलेका थियौं । यो फल्याँट विकेट थियो । ३०–२५ रन सट थियो । पावर प्लेमै तीन विकेट गुम्यो । देव र उत्तमले जसरी इनिङलाई साझेदारी गरेर गए त्यो एकदमै उत्कृष्ट थियो’, उनले भने ।

‘बोर्डमा प्रतिस्पर्धात्मक स्कोर थियो । मलाई विश्वास थियो । खेलाडीहरुलाई पनि मैले त्यहिँ भनेको थिए । विश्वास सवैभन्दा ठूलो कुरा हो । लास्टमा आएर कँडेलले जुन म्याजिक (जादुमय) बल फ्याँल्यो । त्यो सुपब थियो’, उनले भने ।
तीन ओभर बाँकी थियो । कप्तान देव खनालले कँडेललाई नै बलिङ दिँदै थिए । टमाटाले बाहिरबाट दीपेशलाई नै दिन सल्लाह दिएका थिए । पछि के हो के अहिले नै सक भनेर बाहिरबाट भनि राखेका थिए ।
टमाटा आफ्नो अनुभव प्रयोग गरेको बताउँछन् । ‘मैले आफ्नो अनुभव प्रयोग गरेको हुँ । तीव्र गतिका बलरलाई अलिकति लाग्यो पनि रन आउन सक्छ । तर स्पिनर जोखिम लियौं । विकेट पायो भने त पायो । भाग्यले तीन बलनै टर्न भयो । उसले ठाउँमा राख्यो । उसको कन्फिडेन्स (आत्माविश्वास) लाई सलाम गर्छु । तीन वटानै जादुमयी बल भयो’, दीपेशको अन्तिम ओभरको बारे भने ।
तर नेपालले २०१९ को एसिया क्षेत्र छनोटमा युएईसँग एक रनले पराजित हुँदै यू-१९ विश्वकप खेल्न पाएको थिएन । जुन नेपाली क्रिकेटको एक पिडादायी हारमा पर्दछ । त्यो हारको कारण नेपालले दुई विश्वकप खेल्न पाएन । टमाटा त्यो समयको टोली सबैभन्दा उत्कृष्ट रहेको बताउँछन् ।

‘त्यो अहिले सम्मको सबैभन्दा बलियो टोली थियो । २०१६ र र अहिलेको टोली औसत थियो । त्यो टिम एकदमै राम्रो भएको थियो । मेरो सपोर्टिङ स्टाफ । वहाँहरु आउन सक्नु भएन । वहाँहरुलाई पनि धेरै धेरै धन्यावाद छ । जतिपनि जिल्लामा बसेका प्रशिक्षक हुनुन्छ । म वहाँलाई पनि धन्यावाद दिन्छु । मैले ४०-४५ दिन हेरेको हुँ । जसले यिनीहरुलाई लिएर मलाई दियो म धन्यावाद दिन चाहन्छु’, टमाटाले भने ।
नेपालले पछिल्लो पटक २०१६ मा बंगलादेशमा भएको यू-१९ विश्वकप खेलेको थियो । त्यो समय पनि टमाटा नै टोलीको मुख्य प्रशिक्षक थिए । उनको यू१९ पूनरागमनसँगै पुनः नेपालले विश्वकप खेलेको छ ।
‘म पहिला क्यानलाई धन्यावाद भन्छु । मलाई विश्वास गरेर दिनुभयो । मलाई यति विश्वास थियो कि यो टिमले केहि गर्न सक्छ । औसत खेलाडी थिए । तर अलिकति हौसला बढाउन आवश्यक थियो । सिनियर खेलाडीहरुसँग पनि अभ्यास गयौं । उनीहरुले गर्दा पनि नतिजा आएको हो’, उनले भने ।
आज त खेलाडीले कुनैपनि दायाँ बायाँ गरेनन् । इनर्जि लेभल देखि फाइटिङ स्प्रिटसम्म सवै कुरा हेर्न पाएँ । सवैभन्दा उत्कृष्ट पाएँ । यसअघि फाइनलमा स्कोर पनि ठुलो बन्थ्यो । आज १ सय ९२ लाई रोक्दा फाइनल हो । फाइनल जस्तै खेल भयो । फाइनल कहिले पनि एकतर्फी खेल हुँदैन । आज प्रमाणित गरेर देखाए । हामी च्याम्पियन हौं र च्याम्पियन गराएर देखायौं’, टमाटाले भने ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]