3 years ago
March 5, 2023
एजेन्सी – ग्रेस ह्यारिसको आक्रामक ब्याटिङमा युपि वारियर्सले वुमन्स प्रिमियर लिगमा गुजरात जायन्ट्सलाई तीन विकेटले हराउँदै रोमान्चक विजयी सुरुवात गरेको छ । जितको लागि १ सय ७० रनको विजयी लक्ष्य युपिले १९.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।

युपिको जितमा ग्रेस ह्यारिसले २६ बलमा ७ चौका र ३ छक्कासहित ५९ रनको आक्रामक इनिङ खेलिन् । अन्तिम ओभरमा जितको लागि १९ रन चाहिँदा उनले अन्नाबेल सदरल्यान्डलाई समान दुई चौका र छक्का प्रहार गर्दै जित दिलाएकी हुन् ।
उनको आक्रामक ब्याटिङमा युपिले अन्तिम १८ बलमा ५३ रन जोड्दै जित हात पारेको हो । किरण नवगिरेले ४३ बलमा ५ चौका र २ छक्कासहित ५३ रनको इनिङ खेलिन् । तीव्र गतिकी बलर किम ग्राथले ४ ओभरमा ३६ रन खर्चेर सर्वाधिक पाँच विकेट लिइन् ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६९ रन बनाएको थियो ।
हारलीन डेओलले ३२ बलमा ७ चौकासहित सर्वाधिक ४६ रनको इनिङ खेलिन् । अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन् । युपिकी दिप्ती शर्मा र सोफी एक्लेस्टोनले दुई दुई विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]