default_image

3 years ago

March 6, 2023

युएईलाई हराउने सोचमा नेपाल

280 views

0 Bookmark

दुबई (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज घरेलु टोली युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्याहन्न ११:४५ मा दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ ।

शीर्ष तीनमा पर्दै सोझै विश्वकप छनोट खेल्ने आशा कायमै राख्न नेपालले घरेलु टोली युएईलाई हराउनै पर्ने हुन्छ । तर लिग(२ मा नेपालले युएईलाई हालसम्म पराजित गरेको छैन । लिग २ मा नेपाल र युएईबीच तीन खेल हुँदा सबै खेलमा घरेलु टोली युएई विजयी भएको छ। नेपालाई शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता बचाउन तीन खेल जित्नुपर्ने हुन्छ ।

युएईलाई पनि शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न नेपाललाई हराउनै पर्ने दबाब छ । युएईलाई ओडिआई मान्यता सोझै जोगाउन तीन जित आवश्यक देखिन्छ । नेपाल पहिलो खेलमा युएईसँग ६८ रनले पराजित भएको थियो । जितको लागि २ सय ८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १ सय ३९ रनमा अल आउट भएको थियो ।

तर युएई पुछारमा रहेको पपुवा न्युगिनीसँग मात्रै ९७ रनमा अल आउट भएको थियो । पहिलो खेलमा युएई पपुवा न्युगिनीसँग १ सय ३१ रनले पराजित भएको थियो । पपुवा न्युगिनीले युएईलाई हराएको हुँदा नेपालको मनोबल उच्च छ ।

नेपालका कुशल मल्लले युएईविरुद्ध सर्वाधिक ६० रनको योगदान दिँदा ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । बायाँ खुट्टाको ग्रोइन समस्याको कारण कुशलले युएईसँगको खेल गुमाउने छन् । कुशलको स्थानमा सन्दीप जोरालाई खेलाउँदै ब्याटिङ मजबुत बनाउन सक्छ । जोरा आक्रामक ब्याटिङको क्षमता राख्छन् । उनी टोलीसँगै युएईमा भएपनि अन्तिम १४ खेलाडीको सूचिमा भने थिएनन् ।

नेपाल ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी र रोहित पौडेलबाट खेलमा उत्कृष्ट प्रदर्शन चाहन्छ । युवा ब्याटर कुशल मल्ल भने राम्रो लयमा छन् । अनुभवी ज्ञानेन्द्रबाट नेपालले आजको खेलमा ठूलो अपेक्षा गरेको छ । तीव्र गतिका बलरमा करण केसी र सोमपाल कामी हुनेछन् । आरिफ शेखले पार्टटाइम तीव्र गतिका बलरमा साथ दिनेछन्।

स्पिनरमा सन्दीप लामिछाने हुन् । सन्दीपलाई दीपेन्द्र र कुशल मल्लले साथ दिनेछन् । नेपाल ६ बलिङ विकल्पका साथ मैदान उत्रनेछ । सबै खेलाडी ब्याटिङको क्षमता राख्छन् । सन्दीपले पपुवा न्युगिनीविरुद्ध ३५ रन जोड्दै ब्याटिङमा झनै आशा थपेका छन् । करण र सोमपाल राम्रो ब्याटरमा पर्दछन् । जिम्मेवारीका साथ खेल्न आवश्यक देखिन्छ । पिचमा रन बनाउन भने सहज छैन ।

युएईको ब्याटिङ शीर्ष चार ब्याटरमा निर्भर छ । ओपनर मोहम्मद वासिम, वृत्य अरविन्द, सिपी रिजवान र रोहन मुस्तफाको विकेट निकै महत्वपूर्ण हुनेछ । यी चार ब्याटर सस्तैमा आउट हुँदा नेपाल पुरै खेलमा हाबी हुनसक्छ । मध्यक्रम र तल्लोक्रम ब्याटिङ युएईको सवैभन्दा ठूलो कमजोरीको रुपमा छ । वासिम प्रमुख प्रमुख ब्याटर हुन् । ओपनर वासिममा सुरुवातमा आउट गर्दा युएई पुरै खेलमा दबाबमा पर्नसक्छ ।

तीव्र गतिको बलिङ भने युएईको उत्कृष्ट छ । युएई जुनैद सिद्दिक, जहुर खान र सविर अली तीव्र गतिका बलरको रुपमा छन् । स्पिनरमा आयन खान, मुस्तफा र कार्तिक मयाप्पन हुनेछन् । युएईको बलिङ आक्रामण राम्रो हुँदा कमजोर मध्यक्रमको फाइदा उठाउँदै सस्तैमा अल आउट गर्न सक्नुपर्छ ।

हेड टु हेड :

नेपाल र युएईबीच ओडिआईमा १० खेल भएको छ । नेपाल ४ मा जित र ६ खेलमा पराजित भएको छ । नेपालले २०१९ को ओडिआई सिरिज घरेलु टोली युएईलाई २-१ ले हराएको थियो ।

केहि महिना अघि घरेलु मैदान टियुमा युएईसँगको तीन खेलको सिरिज २-१ ले जितेको थियो । अन्य सबै खेलमा नेपाल युएईसँग पराजित भएको छ ।

नेपालको टोली :

रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, सन्दीप जोरा, कुशल मल्ल, सन्दीप लामिछाने, (श्याम), गुलशन झा, आरिफ शेख र प्रतिश जि।सी।

अंक तालिका

स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै अन्त्य गर्यो । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो अन्त्य गरेको छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । युएई ३१ खेलमा १४ मा जित र १४ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३२ खेलमा ४ मा जित र २७ मा हारसहित ९ अंक जोड्दै पुछारमा छ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.