default_image

3 years ago

March 6, 2023

प्रशिक्षक र कप्तान सिधै पिच निरिक्षणमा

274 views

0 Bookmark

दुबई (हाम्रो खेलकुद) – नेपालका कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टी देशाई युएईसँग खेल्नुअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियम आउने बितिक्कै सिधै पहिला पिच निरिक्षण गरेका छन् ।

रंगशाला छिरेपछि कप्तान र प्रशिक्षक सिधै पिच परिक्षण गरेका थिए । केहि समय पिच निरिक्षण गरेपछि मात्रै कप्तान र प्रशिक्षक ड्रेसिङ रुममा छिरेका थिए । पिचलाई हेरेपछि मात्रै नेपालले आफ्नो प्लेइङ ११ निर्धारण गर्नेछ ।

नेपालले टोलीमा आज एक खेलाडी परिवर्तन गर्ने पक्का छ । ओपनर कुशल भुर्तेल चोटका कारण टोलीमा नहुँदा कसलाई मौका दिन्छन् भन्ने कौतहलता छ ।

ब्याटर थप्नु परेमा सन्दीप जोरा विकल्पमा छन् । बलरमा तीव्र गतिका बलरमा प्रतिश जि.सी र गुलशन झा विकल्पमा छन् । स्पिनरमा ललित नारायण राजवंशी छन् । अहिले मैदानमा नेपाल र युएई दुवै टोलीले वार्मअप थालेका छन् । केहि समयमा टस हुनेछ । खेल भने नेपाली समय अनुसार ११ : ४५ मा सुरु हुनेछ ।

युएई ३१ खेलमा १४ मा जित र १४ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ । नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकका साथ छैटौं स्थानमा छ । शीर्ष तीनमा पर्दै सोझै विश्वकप छनोट खेल्ने आशा कायमै राख्न नेपालले घरेलु टोली युएईलाई हराउनै पर्ने हुन्छ। नेपालको लागि युएईससँगको खेल निकै महत्वपूर्ण छ ।

तर लिग(२ मा नेपालले युएईलाई हालसम्म पराजित गरेको छैन । लिग-२ मा नेपाल र युएईबीच तीन खेल हुँदा सबै खेलमा घरेलु टोली युएई विजयी भएको छ। नेपालाई शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता बचाउन तीन खेल जित्नुपर्ने हुन्छ ।

युएईलाई पनि शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न नेपाललाई हराउनै पर्ने दबाब छ । युएईलाई ओडिआई मान्यता सोझै जोगाउन तीन जित आवश्यक देखिन्छ । नेपाल पहिलो खेलमा युएईसँग ६८ रनले पराजित भएको थियो । जितको लागि २ सय ८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १ सय ३९ रनमा अल आउट भएको थियो ।

तर युएई पुछारमा रहेको पपुवा न्युगिनीसँग मात्रै ९७ रनमा अल आउट भएको थियो । पहिलो खेलमा युएई पपुवा न्युगिनीसँग १ सय ३१ रनले पराजित भएको थियो । पपुवा न्युगिनीले युएईलाई हराएको हुँदा नेपालको मनोबल उच्च छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.