3 years ago
March 6, 2023
दुबई (हाम्रो खेलकुद) – नेपालका स्पिनर सन्दीप लामिछाने र युएईका ब्याटर रोहन मुस्तफाबीच दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भनाभन भएको छ । आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईले नेपालले प्रस्तुत गरेको २ सय ३० रनको विजयी लक्ष्य पछ्याई रहेको छ ।

सन्दीप र रोहन मुस्तफाबीच मैदानमै केहि भनाभन भएको छ । सन्दीपले ३५ औं ओभरको तेस्रो बलमा मुस्तफालाई एलबीडब्लू आउटको जोडले अपिल गरेका थिए । चौथो बलमा भने मुस्तफाले सन्दीप नजिक आक्रोश ब्यक्त गर्दै केहि आक्रोश पोखेका थिए ।
सन्दीप र मुस्तफाबीच केहि समय भनाभन भएको थियो । दुवै खेलाडी निकै आक्रोशमा देखिएका थिए । एक अर्काले रिस पोखेका थिए । दुवै खेलाडीले टाउँको नै जुधाउँदै केहि भनाभन गरेका थिए । केहि भनेपछि मुस्तफा पुन फर्किएका थिए । मुस्तफाले हात देखाउँदै सन्दीपको नजिक आएर आफ्नो आक्रोश पोखेका थिए ।
सन्दीप पनि आक्रोश रुपमा प्रस्तुत भएका थिए । कप्तान रोहितले ताली बजाउँदै मुस्तफालाई सम्झाएका थिए । सन्दीपले उक्त भनाभन पछि अम्पायरलाई केहि भनेका थिए । अम्पायरले भने सन्दीपलाई बलिङ आग्रह गरेका थिए ।
जितको लागि २ सय ३० रनको विजयी लक्ष्य पछ्याएको युएईले ३८ ओभरमा ६ विकेट गुमाउँदै १ सय रन बनाएको छ । युएईका आसिफ खान १ सय ३ बलमा २ चौका र ३ छक्कासहित ७४ रनमा क्रिजमा छन् ।

एलिसान शराफुले उनलाई साथ दिनेछन् । नेपालका सोमपाल कामीले सर्वाधिक तीन विकेट लिएका छन् । त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २९ रन बनाएको थियोा । नेपालका भीम सार्कीले ९९ बलमा ७ चौकासहित सर्वाधिक ७० रनको योगदान दिए ।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]