3 years ago
March 6, 2023
दुबई (हाम्रो खेलकुद) – नेपालका स्पिनर सन्दीप लामिछाने र युएईका ब्याटर रोहन मुस्तफाबीच दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भनाभन भएको छ । आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईले नेपालले प्रस्तुत गरेको २ सय ३० रनको विजयी लक्ष्य पछ्याई रहेको छ ।

सन्दीप र रोहन मुस्तफाबीच मैदानमै केहि भनाभन भएको छ । सन्दीपले ३५ औं ओभरको तेस्रो बलमा मुस्तफालाई एलबीडब्लू आउटको जोडले अपिल गरेका थिए । चौथो बलमा भने मुस्तफाले सन्दीप नजिक आक्रोश ब्यक्त गर्दै केहि आक्रोश पोखेका थिए ।
सन्दीप र मुस्तफाबीच केहि समय भनाभन भएको थियो । दुवै खेलाडी निकै आक्रोशमा देखिएका थिए । एक अर्काले रिस पोखेका थिए । दुवै खेलाडीले टाउँको नै जुधाउँदै केहि भनाभन गरेका थिए । केहि भनेपछि मुस्तफा पुन फर्किएका थिए । मुस्तफाले हात देखाउँदै सन्दीपको नजिक आएर आफ्नो आक्रोश पोखेका थिए ।
सन्दीप पनि आक्रोश रुपमा प्रस्तुत भएका थिए । कप्तान रोहितले ताली बजाउँदै मुस्तफालाई सम्झाएका थिए । सन्दीपले उक्त भनाभन पछि अम्पायरलाई केहि भनेका थिए । अम्पायरले भने सन्दीपलाई बलिङ आग्रह गरेका थिए ।
जितको लागि २ सय ३० रनको विजयी लक्ष्य पछ्याएको युएईले ३८ ओभरमा ६ विकेट गुमाउँदै १ सय रन बनाएको छ । युएईका आसिफ खान १ सय ३ बलमा २ चौका र ३ छक्कासहित ७४ रनमा क्रिजमा छन् ।

एलिसान शराफुले उनलाई साथ दिनेछन् । नेपालका सोमपाल कामीले सर्वाधिक तीन विकेट लिएका छन् । त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २९ रन बनाएको थियोा । नेपालका भीम सार्कीले ९९ बलमा ७ चौकासहित सर्वाधिक ७० रनको योगदान दिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]