3 years ago
March 8, 2023
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ ओडिआई वरियतामा नेपालले सुधार गरेको छ । आइसिसीले बुधबार सार्वजनिक गरेको वरियतामा नेपालले दुई स्थान सुधार गर्दै १७ औं स्थानमा उक्लिएको छ ।

नेपाल यसअघि १९ औं स्थानमा थियो । अमेरिका र युएईलाई पछि पार्दै नेपाल १७ औं स्थानमा उक्लिएको छ । नेपाल भन्दा पछि अमेरिका १८ औं, युएई १९ औं र पपुवा न्युगिनी २० औं स्थानमा छन् । नेपाल भन्दा अघि नामिबिया १६ औं, ओमान १५ औं, नेदरल्यान्ड्स १४ औं, जिम्बावे १३ औं र स्कटल्यान्ड १२ औं स्थानमा छ ।
भारत शीर्ष, अष्टेलिया दोस्रो, न्युजिल्यान्ड तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा छ । टि२० आई वरियतामा भने नेपाल १६ औं स्थानमा यथावत छ ।
नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा पछिल्ला ८ मध्य ७ खेलमा जित हात पारेपछि वरियतामा सुधार गरेको हो । ब्याटिङतर्फ ओडिआई वरियतामा आसिफ शेख ७८ औं र रोहित पौडेल ५९ औं स्थानमा छन् । बलिङतर्फ सन्दीप लामिछाने २७ औं, सोमपाल कामी ६७ औं, दीपेन्द्रसिंह ऐरी ७४ औं र करण केसी ९१ औं स्थानमा छन् ।
नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत बिहीबार पपुवा न्युगिनीसँग खेल्दैछ । शनिबार युएई, आइतबार पपुवा न्युगिनी र बिहीबार युएईसँग खेल्नेछ ।
नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकका साथ पाँचौं स्थानमा छ । शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न नेपालले सबै खेल जित्नुपर्ने हुन्छ । ओडिआई मान्यता जोगाउन नेपालले बाँकी चार मध्य दुई खेल जित्नुपर्ने हुन्छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]