default_image

3 years ago

March 8, 2023

पपुवा न्युगिनीविरुद्ध नेपालको सम्भावित प्लेइङ-११

261 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत बिहीबार घरेलु मैदान टियुमा पपुवा न्युगिनीसँग खेल्दैछ । खेल बिहान ९ : ३० मा सुरु हुनेछ । आइसिसी विश्वकप लिग–२ को अन्तिम सिरिज हो । नेपाललाई शीर्ष तीनमा रहँदै आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोट सोझै खेल्न सबै खेल जित्नुपर्ने छ ।

शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता बचाउन बाँकी चार मध्य दुई खेल जित्नुपर्ने हुन्छ । नेपाल घरेलु मैदानमा चार खेलमा चारमा जितका साथ ओडिआई मान्यता बचाउँदै सोझै विश्वकप छनोट खेल्न चाहन्छ । नेपालले दुई साताअघि घरेलु मैदानमा स्कटल्यान्ड र नामिबियालाई समान दुवै खेलमा हराएको थियो । युएई भ्रमणमा पपुवा न्युगिनीलाई दुवै खेलमा हराएको थियो ।

युएईसँग एक खेलमा जित र हार थियो । नेपालले पछिल्लो खेलमा युएईलाई ४२ रनले हराएको थियो । त्यो टोलीबाट नेपालले एक खेलाडी परिवर्तन गर्ने सम्भावना छ । ओपनर कुशल भुर्तेलले अन्तिम खेल युएईसँग गुमाएका थिए । कप्तान रोहित पौडेलले पिएनजीविरुद्ध खेलको लागि कुशल फिट रहेको बताएका छन् ।

कुशल फिट हुँदा नेपालले एक खेलाडीलाई बेन्चमा राख्नु पर्ने हुन्छ । बेन्चमा बस्ने खेलाडीमा ज्ञानेन्द्र मल्ल र प्रतिश जि.सी मध्य एकको सम्भावना देखिन्छ । पछिल्लो खेलमा भीम सार्कीले ७० रनको विजयी इनिङ खेलेका थिए । आसिफ शेखले लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । कुशल मल्लको प्रदर्शन सानदार छ । दीपेन्द्र र आरिफ शेखको त्यो कुनैपनि सम्भावना देखिदैन । करण केसी र सोमपाल कामी पहिलो रोजाईका ओपनर हुन् ।

ज्ञानेन्द्र युएईसँग २६ बलमा २ चौकासहित ११ रनमा आउट भएका थिए । कुशल नहुँदा ज्ञानेन्द्रले ओपनिङ गरेका थिए । प्रतिशले ५ ओभरमा १४ रन खर्चेका थिए । टियुको पिचमा तीव्र गतिका बलरलाई भन्दा स्पिनरलाई बढी सहयोग मिल्छ ।
नेपालले तीन तीव्र गतिका बलर खेलाउने सम्भावना कम छ ।

त्यसैले ज्ञानेन्द्रलाई खेलाउँदै प्रतिश बेन्चमा राख्न सक्ने सम्भावना देखिन्छ । ओपनर कुशल भुर्तेल लेग स्पिनको विकल्प समेत हुन् । सन्दीप लामिछानेलाई कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले साथ दिनेछन् । टोलीको रणनीति र कन्डिसन हेर्दा प्रशित बेन्चमा बस्न सक्ने देखिन्छ । पछिल्लो खेलमा टोलीमा राम्रो प्रभाव छाडेपनि टोलीको रणनीतिको कारण प्रतिश बेन्चमा बस्ने सम्भावना देखिन्छ ।

नेपालको ओपनिङ आसिफ शेख र कुशल भुर्तेलले गर्नेछन् । भुर्तेलले नामिबियाविरुद्ध टियु मैदानमै १ सय १५ रनको शतकीय इनिङ खेलेका थिए । आसिफले दुबईमा पिएनजीविरुद्ध ८६ र टियुमा नामिबियाविरुद्ध ८१ रन जोडेका थिए । यी दुई ओपनरबाट राम्रो सुरुवात चाहन्छ । ज्ञानेन्द्र मल्ल तेस्रो नम्बरमा खेल्नेछन् । ज्ञानेन्द्रले युएई भ्रमणमा राम्रो प्रदर्शन गर्न सकेका थिएनन् । ज्ञानेन्द्र आफैंलाई उत्कृष्ट प्रदर्शनको दबाब छ ।

रोहित पौडेल चौथो नम्बरमा ब्याटिङ गर्नेछन् । रोहितको युएई भ्रमण राम्रो हुन सकेन । टियु मैदानमा रोहितले नामिबियाविरुद्ध पहिलो खेलमा ७२ र स्कटल्यान्डविरुद्ध अन्तिम खेलमा ९५ रनको इनिङ खेलेका थिए । रोहित युएईको प्रदर्शन भुल्दै टियुमा पुरानै लयमा फर्किन चाहन्छन् ।

भीम सार्कीले पाँचौं नम्बरमा ब्याटिङ गर्नेछन् । भीम केहि समय लिएर खेल्न रुचाउँछन् । भीमबाट नेपाल एक इनिङबाट विकेट बचाउँदै रन जोड्ने हुनेछ । कुशल मल्लले छटौं नम्बरमा ब्याटिङ गर्नेछन् । कुशल उच्च लयमा छन् । नेपाल कुशलबाट उनकै आक्रामक शैली ब्याटिङ चाहन्छ ।

दीपेन्द्र सिंह ऐरी र आरिफ शेख टोलीको आवश्यकता अनुसार सातौं र आठौं नम्बरमा खेल्नेछन् । आरिफ र दीपेन्द्र अलराउन्डरको रुपमा टोलीमा खेल्नेछन् । यदि टिमले राम्रो सुरुपात गरेमा दीपेन्द्र अघि खेल्नेछन् । खराब सुरुवात गरेमा आरिफ अघि र दीपेन्द्रले फिनिसरको भूमिका निर्वाह गर्नेछन् । टोलीले पनि दीपेन्द्रलाई फिनिसरको भूमिका दिएको छ ।
त्यसपछि सन्दीप लामिछाने, करण केसी र सोमपाल कामी नेपालको ब्याटिङक्रममा हुनेछन् ।

खराब प्रदर्शन गर्दा सन्दीप अघि र राम्रो अवस्थामा हुँदा करण अघि खेल्ने निश्चित जस्तैछ । नेपालको प्लेइङ ११ मा सबै ब्याटिङको क्षमता राख्छन् । खराब सुरुवातबाट राम्रो पूनरागमन गर्नसक्छ ।

बलिङमा करण, सोमपाल र सन्दीप प्रमुख तीन बलर हुनेछन् । बाँकी २० ओभर नेपालले दीपेन्द्र, कुशल मल्ल र आरिफबाट गराउनेछ । यदि टिममा आवश्यक परे रोहित र कुशल भुर्तेल स्पिनरको विकल्पमा हुनेछन् ।

नेपालको सम्भािवत प्लेइङ-११ :

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.