default_image

1 year ago

March 9, 2023

मोरङ र सिरहा विजयी सुरुवात

114 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद) – दोस्रो संस्करणको इक्युवालिटी कप महिला क्रिकेट २०२३ प्रतियोगिता बुधबारदेखि देखि विराटनगरमा सुरु भएको छ । महिला क्रिकेट विकास गर्न र अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर “इक्युवालिटि कप महिला क्रिकेट २०२३” प्रतियोगिता सुरु भएको हो ।

नेपाल क्रिकेट फाउण्डेसन आयोजनामा विराटनगर–६ केशलिया रोडमा रहेको मेल्वन विराटनगर ज्वाला क्रिकेट खेलमैदानमा भएको उद्घाटन खेलमा मोरङ र सिरहा विजयी भएका छन् ।

पहिलो खेलमा कोशी प्रदेशको मोरङले गण्डकी प्रदेशको एमसिसि महिला–११ लाई १ सय चार रनले पराजित गर्यो । टस जितेर पहिलो ब्याटिङ रोजेको मारेङले निर्धारित १६ ओभरमा २ विकेट गुमाई १ सय ४९ बनाएको थियो ।

मोरङकी वुमेन अफ द म्याच सोनु राजवंशीले ३१ रन बनाउँदा टिका साहले अविजित ३० रन, पुर्णीमा राजवंशीले २४ रन र सृजना राजवंशीले अविजित २१ रनको योगदान दिइन् । एमसिसिकी शुसिला तामाङ र एलिना गोतामेले १–१ विकेट लिइन् ।

जितको लागि १ सय ५० रनको विशाल लक्ष्य पछ्याएको एपसिसिले १३.१ ओभरमा ४५ रनमा अलआउट भयो । सप्तरीका कुनै पनि ब्याटरले दोहोरो स्कोरलाई छुन सकेनन् । मोरङकी कप्तान सानु राजवंशीले २ लिँदा खुशी राजवंशी र वेदिका राजवंशी २–२ विकेट लिइन् ।

दोस्रो खेलमा सिरहाले सप्तरीलाई २ रनले पराजित गरेको छ ।टस जितेर पहिलो ब्याटिङ गरेको सिरहाले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय १२ रनको स्कोर बनाएको थियो । सिरहाकी चन्द्रीका साहले ३१ रन अजमेरी खातुनले १२ रन बनाइन् । सप्तरीकी बन्दना च्बजकले ३ विकेट लिँदा साक्षी यादवले २ विकेट लिइन् ।

१ सय १३ रनको लक्ष्य पछ्याएको सप्तरीले निर्धारितओभरमा ९ विकेट गुमाई १ सय १० रनमा सिमित भयो । सप्तरीकी बन्दना रजकले १३ रन बनाउँदा दिपिका पंशीले अविजित १२ रन, साक्षी यादवले १२ रन र सुस्मीता यादवले पनि १२ रन बनाइन् । सिरहाकी वुमेन अफ म्याच चन्द्रीका साहले ४ लिँदा रोशनी साहले २ विकेट लिइन् ।

फाल्गुन २७ गतेसम्म हुने प्रतियोगितामा कोशी प्रदेशको मोरङ, मधेश प्रदेशको सप्तरी र सिरहा तथा गण्डकी प्रदेशबाछ एमसिसि–११ सहित ४ टिम सहभागि रहेको फाउण्डेसनलका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले जानकारी गराए ।

लिगको आधारमा खेलाई सो प्रतियोगितामा शीर्ष दुई टिमले फाइनलमा पुग्ने छन् ।

May 19, 2024

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

एजेन्सी – लिग चरणको आफ्नो अन्तिम खेलमा जित दर्ता गर्दै सनराईजर्स हैदराबाद इंडियन प्रिमियर लिग (आईपिएल) को तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पञ्जाब विरुद्ध ४ विकेटको जित दर्ता गर्दै हैदराबाद दोस्रो स्थानमा उक्लिएको हो । पञ्जाबले दिएको २१५ रनको विशाल लक्ष्य हैदराबादले ५ बल बाँकी छँदा ६ विकेट गुमाएर भेटायो । हैदराबादका लागि अभिषेक […]

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

Success

Thank you for your time.