3 years ago
March 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर आसिफ शेख आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध प्लेयर अफ द म्याच चुनिएका छन् । नेपाललाई ५२ रनको जित दिलाउन ओपनर आसिफ शेखले १ सय १० बलमा १२ चौका र २ छक्कासहित १ सय १० रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

आसिफको शतकको सहयोगमा नेपालले टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै ४९.१ ओभरमा २ सय ९७ रनमा अल आउट भएको थियो । आसिफले १ सय बलमा आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको पहिलो शतक पूरा गरेका थिए । यसै खेलमा सुरुवाती ९० रन जोड्दै आफ्नो ओडिआई करिअरको एक हजार रन पूरा गरेका थिए ।
आसिफको यो ओडिआई क्रिकेटमा पाँचौं प्लेयर अफ द म्याच अवार्ड हो । आसिफ ओडिआईमा पहिलो पटक प्लेयर अफ द म्याच २०२२ जुलाईमा स्कटल्यान्डलाई हराउन ७१ रनको इनिङ खेल्दा चुनिएका थिए । उक्त खेल नेपालले आफ्नो इतिहासमा पहिलो पटक स्कटल्यान्डलाई हराएको थियो ।
अघिल्लो साता पिएनजीलाई हराउन दुबईमा आसिफले १ सय ३० बलमा २ चौका र १ छक्कासहित ८६ रनको परिपक्क इनिङ खेल्दै प्लेयर अफ द म्याच चुनिएका थिए । एक समय १०५-७ को अवस्थाबाट आसिफले सन्दीपसँग ७७ रनको साझेदारी गर्दै जित दिलाएका थिए ।

दुई साताअघि नामिबियालाई हराउन घरेलु मैदान टियुमा आसिफले ८१ रन जोड्दै प्लेयर अफ द म्याच चुनिएका थिए । गत वर्ष युएईसँगको तेस्रो ओडिआई खेलमा ८८ रन बनाउँदै प्लेयर अफ द म्याच जितेका थिए ।
जितको लागि २ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनी ४७.१ ओभरमा २ सय ४५ रनमा अल आउट भयो । नेपाल ३३ खेलमा १६ मा जित र १५ मा हारसहित ३४ अंकका साथ पाँचौं स्थानमा छ ।
नेपालले अव आइतबार युएई, सोमबार पपुवा न्युगिनी र बिहीबार युएईसँग खेल्नेछ । नेपाल शीर्ष तीनमा रहँदै आगमी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट सोझै खेल्न बाँकी तीनै खेल जित्नुपर्ने हुन्छ । एक खेल हारेको खण्डमा नेपालले क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । ओडिआई मान्यता सोझै जोगाउन नेपालले अव तीन मध्य एक खेल जित्नुपर्ने हुन्छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]