default_image

3 years ago

March 9, 2023

ओडिआई मान्यता जोगाउन नेपाललाई अव एक जित आवश्यक

288 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाललाई आगमी चार वर्षको लागि ओडिआई मान्यता जोगाउन अव एक जित मात्रै आवश्यक पर्ने भएको छ । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले पपुवा न्युगिनीलाई बिहीबार घरेलु मैदान टियुमा ५२ रनले हराएपछि एक जित आवश्यक बनेको हो ।

नेपाल ३३ खेलमा १६ मा जित र १५ मा हारसहित ३४ अंकका साथ पाँचौं स्थानमा छ । नेपालले अव बाँकी तीन खेल मध्य नेपालले एक खेल जितेमा ओडिआई मान्यता बच्नेछ । नेपालले अव एक खेल जित्दा ३६ अंक हुन्छ । आइसिसीको नियम अनुसार लिग २ का शीर्ष पाँच टोलीले ओडिआई मान्यता सोझै पर्याप्त गर्नेछन् ।

नेपालले एक खेल जित्दा ३५ अंकमा रहेको अमेरिकालाई पछि पार्नेछ । त्यसैले तीन मध्य एक खेल जितेमा ओडिआई मान्यता बच्नेछ । नेपाललाई शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न भने बाँकी सबै तीन खेल जित्नुपर्ने हुन्छ । सबै खेल जितेको खण्डमा नेपालले ४० अंकका साथ तेस्रो स्थानमा रहँदै आगमी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछ ।

नामिबिया ३६ खेलमा ३९ अंकका साथ तेस्रो स्थानमा छ । नेपाल शीर्ष तीनमा पर्न नामिबियालाई पछि पार्नुपर्ने हुन्छ । यदि नेपाल शीर्ष तीनमा नपरे भने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । प्लेअफ क्वालिफायरमा लिग २ का पुछारका चार टोली, जर्सी र क्यानडा हुनेछन् । जसबाट शीर्ष दुई टोलीले जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन् ।

शीर्ष चार टोलीमा रहने दुई टोलीले ओडिआई मान्यता प्राप्त गर्नेछ । क्वालिफायर प्लेअफ विश्वकप छनोट खेल्ने अन्तिम अवसर हो । नेपालले अव आइतबार युएई, सोमबार पपुवा न्युगिनी र बिहीबार युएईसँग खेल्नेछ।

अंक तालिका

स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै अन्त्य गर्यो । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो अन्त्य गरेको छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ ।

अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । नेपाल ३३ खेलमा १६ मा जित र १५ मा हारसहित ३४ अंकका साथ पाँचौं स्थानमा छ । युएई ३२ खेलमा १४ मा जित र १५ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३३ खेलमा ४ मा जित र २८ मा हारसहित ९ अंक जोड्दै पुछारमा छ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.