default_image

1 year ago

March 9, 2023

विश्वकप विजेता इंग्ल्यान्ड बंगलादेशसँग स्तब्ध

131 views

0 Bookmark

एजेन्सी – साविक टि२० विश्वकप विजेता इंग्ल्यान्ड पहिलो टि२० आई खेलमा घरेलु टोली बंगलादेशसँग ६ विकेटले पराजित भएको छ । योसँगै घरेलु टोली बंगलादेशले तीन टि२० आई खेलको सिरिजमा १–० को अग्रता लिएको छ।

जितको लागि १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले १८ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । बंगलादेशका नाज्मुल हसन सान्टोले ३० बलमा ८ चौकासहित सर्वाधिक ५१ रनको इनिङ खेले ।

सकिब अल हसन २४ बलमा ६ चौकासहित ३४, लिटन दास १२ र रोनी तलुकदारले २१ रनमा आउट भए । इंग्ल्यान्डका जोफ्रा आर्चर, आदिल राशिद, मार्क वुड र मोईन अलीले एक एक विकेट लिए ।

जहुर अहमद चौधरी स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५६ रन बनायो । ओपनर जस बटलरले ४२ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ६७ रनको योगदान दिए । ओपनर फिलिप साल्ट ३५ बलमा ४ चौका र १ छक्कासहित ३८ रनमा आउट भए ।

पहिलो विकेटका लागि जस बटलर र फिलिप साल्टले १० ओभरमा ८० रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तर मध्यक्रम चल्न नसक्दा विशाल योगफल बनाउनबाट चुकेको थियो ।

डेविड मलान ४, बेन डकेट २०, मोईन अली ८ र साम करन ६ रन बनाए । बंगलादेशका हसन मोहम्मदले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । नसुम अहमद, तस्किन अहमद, मुस्ताफिजुर रहमान र सकिब अल हसनले एक एक विकेट लिए । दोस्रो खेल आइतबार र तेस्रो खेल मंगलबार हुनेछ ।

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

Success

Thank you for your time.