default_image

1 year ago

March 9, 2023

खवाजाको शतकमा भारतविरुद्ध अष्ट्रेलियाको मजबुत ब्याटिङ

171 views

0 Bookmark

एजेन्सी – ओपनर उस्मान खवाजाको शतकमा अष्ट्रेलियाले चौथो तथा अन्तिम टेस्ट खेलमा घरेलु टोली भारतविरुद्ध मजबुत ब्याटिङ गरेको छ । अहमदाबादमा टस जितेर पहिला ब्याटिङ थालेको अष्ट्रेलियाले पहिलो दिन ४ विकेट गुमाउँदै २ सय ५५ रन बनाएको छ ।

अष्ट्रेलियाका उस्मान खवाजाले २ सय ५१ बलमा १५ चौकासहित १ सय ४ रनमा अविजित छन् । उनको टेस्ट करिअरको १४ औं शतक हो । अर्का ओपनर ट्रविस हेड भने ४४ बलमा ७ चौकासहित ३२ रनमा आउट भए । स्टिभ स्मिथ १ सय ३५ बलमा ३ चौकासहित ३८, मार्नस लाबुसेन ३, पिटर ह्यान्डस्कम्ब १७ रन बनाए ।

क्यामरन ग्रीनले ६४ बलमा ८ चौकासहित ४९ रनमा क्रिजमा छन् । पाँचौं विकेटका लागि खवाजा र ग्रिनले १ सय १६ बलमा ८५ रनको साझेदारी गरेका छन् । भारतका मोहम्मद शामीले दुई विकेट लिएका छन् । रविचन्द्रन आश्विन र रविन्द्र जडेजाले एक एक विकेट लिए ।

चार टेस्ट खेलको सिरिजमा भारत २–१ ले अघि छ । अष्ट्रेलिया आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा पुगि सकेको छ । भारतलाई भने फाइनल खेल खेल्न अन्तिम खेलमा जित आवश्यक पर्दछ ।

May 19, 2024

नेपाली टोली तेस्रो अभ्यास खेलमा पराजित

एजेन्सी – टि ट्वान्टी विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली क्रिकेट टोली तेस्रो खेलमा शनिबार पराजित भएको छ। सुरुवाती २ खेलमा विजयी हुँदै श्रृंखला जितिसकेको नेपालले विनवार्ड्स भोलक्यानोजसँगको‌ तेस्रो खेलमा ७४ रनको हार बेहोरेको हो । २ सय ६ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १ रनमा ३८ रन सिमित भयो […]

May 19, 2024

चेन्नाईलाई हराउँदै आरसीबी प्लेअफमा

एजेन्सी – चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेनजर्स बेंगलूरु (आरसीबी) इंडियन प्रिमियर लिग (आईपिएल) को प्लेअफमा पुग्न सफल भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार चेन्नाई माथि २७ रनको जित दर्ता गर्दै आरसीबी प्लेअफका लागि छनोट भएको हो । पहिलो ८ खेलमा १ खेल मात्र जितेको आरसीबीले त्यसपछिका लगातार ६ खेल जित्दै […]

May 18, 2024

तेस्रो अभ्यास खेलमा नेपाल टस हारेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको तेस्रो तथा अन्तिम अभ्यास खेलमा टस हारेको छ । घरेलु टोलीका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले टोलीमा तीन परिवर्तन गरेको छ । पछिल्लो खेल खेलेका ललित राजवंशी, दीपेन्द्र […]

Success

Thank you for your time.