3 years ago
March 10, 2023
कााठमाडौं (हाम्रो खेलकुद) – युएईले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदानमा भएको टसमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

युएईको ३२ खेलमा ३१ अंक छ । शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता जोगाउन बाँकी तीन खेल जित्नुपर्ने हुन्छ । शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न बाँकी चारै खेलमा विशाल जित हात पार्नुपर्ने हुन्छ ।
पिएनजी भने शीर्ष पाँच दौडबाट बाहिरि सकेको छ । पहिलो खेलमा पिएनजी नेपालसँग ५२ रनले पराजित भएको थियो । यसै साता युएईलाई भने पपुवा न्युगिनीले दुवै खेलमा हराएको थियो ।
पिएनजीले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर एलि नाओको स्थानमा कबुवा मोरेआलाई खेलाएको छ ।
पिएनजीको प्लेइङ ११ : असद भाला (कप्तान), किप्लिङ डोरिगा, चाल्स अमिनी, सेसे बाउ, टोनी उरा, हिरि हिरि, राइली हेकुरे, नर्मन भानुवा, सेमो कमिया, कबुवा मोरेआ र चाद सोफर ।
युएईको प्लेइङ ११ :
मोहम्मद वासिम (कप्तान), आयन खान, आर्यन लक्रा, आसिफ खान, सिपी रिजवान, जुनैद सिद्धिक, कार्तिक मयाप्पन, रोहन मुस्तफा, वृत्य अरविन्द, जहुर खान र जवार फरिद ।
अंक तालिका
स्कटल्यान्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकका साथ शीर्ष स्थानमा रहँदै अन्त्य गर्यो । ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो अन्त्य गरेको छ । नामिबिया ३६ खेलमा १९ मा जित र १६ मा हारका साथ ३९ अंकका साथ तेस्रो स्थानमा छ ।
अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । नेपाल ३३ खेलमा १६ मा जित र १५ मा हारसहित ३४ अंकका साथ पाँचौं स्थानमा छ । युएई ३२ खेलमा १४ मा जित र १५ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ । पपुवा न्युगिनी ३३ खेलमा ४ मा जित र २८ मा हारसहित ९ अंक जोड्दै पुछारमा छ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]