3 years ago
March 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सेसे बाउसहित तीन ब्याटरको अर्धशतकमा पपुवा न्युगिनीले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युनाटेड अरव इमिरेट्स (युएई) लाई २ सय ४७ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पिएनजीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४६ रन बनायो । पिएनजीका सेसे बाउ १ सय ६ बलमा १० चौकासहित सर्वाधिक ८१ रनमा अविजित रहे ।
ओपनर हिरि हिरि ८५ बलमा ५ चौका र ४ छक्कासहित ७७ रनमा बोल्ड आउट भए । करिअरको उत्कृष्ट प्रदर्शन गरेका हिरि आयन खानको बलमा बोल्ड आउट हुन पुगे । यसअघि तल्लोक्रममा खेल्ने हिरिलाई पिएनजीले टोनी उराको स्थानमा ओपनिङ गराएको थियो । अभ्यासकोक्रममा खुट्टामा चोट लागेपछि उराको स्थानमा हिरिलाई मैदान उतारेको थियो ।
आयन खानले कप्तान असद भालालाई शून्यमा बोल्ड गर्दै लगातार दुई विकेट लिएका थिए । हिरि आउट हुनुअघि पिएनजी ३१.२ ओभरमा १८४–१ को बलियो अवस्थामा थियो । ३१ औं ओभरको तेस्रो बलमा हिरि र चौथो बलमा असद भालालाई बोल्ड गर्दै आयन खानले युएईलाई खेलमा फर्काए ।

अन्तिम १ सय १२ बलमा पपुवा न्युगिनीले ८ विकेट गुमाउँदै ६२ रन मात्रै जोडेपछि विशाल योगफलबाट चुकेको हो । दोस्रो विकेटका लागि हिरि र सेसे बाउले १ सय १२ रनको कीर्तिमानी शतकीय साझेदारी गरेका थिए । उक्त साझेदारी पिएनजीको ओडिआईमा कुनैपनि विकेटका लागि भएको उच्च साझेदारी हो ।
यसअघि उच्च साझेदारी नेपालविरुद्ध गतवर्ष चौथो विकेटका लागि लेगा सियाका र सेसे बाउले १ सय १० रनको शतकीय साझेदारी गरेका थिए । पिएनजीलाई ओपनर किप्लिङ डोरिगा र हिरिले १०.१ ओभरमा ७२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । डोरिगा आयन खानको बलमा ५५ रनमा एलबीडब्लू आउट भए ।

डोरिगाले ४४ बलमा ८ चौका र २ छक्का प्रहार गरे । चाल्स अमिनी ४, राइली हेकुरे १ र चाद सोपर १० रनमा आउट भए । नर्मन भानुवा १० रनमा आउट भए ।
युएईका आयन खानले १० ओभरमा १ मेडनसहित ३४ रन खर्चेर ३ विकेट लिए । रोहन मुस्तफाले १० ओभरमा १ मेडनसहित २४ रन खर्चेर १ विकेट लिए । जुनैद सिद्दिकले १० ओभरमा १ मेडनसहित ३९ रन खर्चेर २ विकेट लिए । जहुर खानले दुई र कार्तिक मयाप्पनले एक विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]