3 years ago
March 10, 2023
एजेन्सी – अष्ट्रेलियाका युवा ब्याटर क्यामरन ग्रीन भारतविरुद्ध चौथो टेस्ट खेलमा उत्कृष्ट शतक प्रहार गर्दै आउट भएका छन् । दोस्रो दिनको खेल चलि रहँदा अष्ट्रेलियाले पहिलो इनिङमा ६ विकेट गुमाउँदै ३ सय ८३ रन बनाएको छ । उस्मान खवाजा ३ सय ९० बलमा २० चौकासहित १ सय ६३ रनमा क्रिजमा छन् ।

क्यामरन ग्रीन १ सय ७० बलमा १८ चौकासहित १ सय १४ रनमा आउट भए । ग्रीनको यो अन्तर्राष्ट्रिय कुनैपनि संरचनाको पहिलो शतक हो । ग्रीन स्पिनर रविचन्द्रन आश्विनको लेग साइडको बलमा स्वीप सट खेल्ने धुनमा विकेटकिपर केएस भरतबाट क्याच आउट भए ।
पाँचौं विकेटका लागि ग्रीन र उस्मान खवाजाले २ सय ८ रनको सानदार दोहोरो शतकीय साझेदारी गरेपछि अष्ट्रेलिया विशाल योगफलतर्फ अघि बढेको छ ।
ओपनर ट्रविस हेड भने ४४ बलमा ७ चौकासहित ३२, कप्तान स्टिभ स्मिथ १ सय ३५ बलमा ३ चौकासहित ३८, मार्नस लाबुसेन ३ र पिटर ह्यान्डस्कम्ब १७ रन बनाए ।
चार टेस्ट खेलको सिरिजमा भारत २–१ ले अघि छ । अष्ट्रेलिया आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा पुगि सकेको छ । भारतलाई भने फाइनल खेल खेल्न अन्तिम खेलमा जित आवश्यक पर्दछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]