default_image

3 years ago

March 10, 2023

पारस एसिया टोलीको प्लेइङ ११ मा

254 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का लेजेन्ड्स क्रिकेट लिगमा इन्डिया महाराजसविरुद्ध एसिया लायन्सको प्लेइङ ११ मा परेका छन् ।

दोहामा रहेको वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडिमममा एसियाका कप्तान शाहिद अफ्रिदीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । कप्तान शाहिद अफ्रिदीले बुझाएको प्लेइङ-११ मा पारस खड्का रहेका छन् ।

पारसले पहिलो पटक लेजेन्ड्स लिग खेल्न लागेका हुन् । प्रतियोगिता फाइनल आगमी २० मार्चमा दोहामा हुनेछ । प्रतियोगितामा तीन टोली हुँदा विश्वभरका स्टार खेलाडीहरुले खेल्नेछन् । गतवर्ष पनि पारसले लेजेन्ड्स क्रिकेट खेल्ने भनिएको थियो । तर अन्तिम समयमा भने खेलेका थिएनन् । खेलाडी ड्राफ्टबाट लिएपछि पारसले मौका पाएका थिएनन् । तर यस पटक एसिया लायन्सले उनलाई सम्झौता गरेको हो ।

पारस खड्काले दुई वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । पारसको कप्तानीमा नेपालले सन् २०१४ मा पहिलो पटक टि२० विश्वकप खेलेको थियो । पारस नेपालबाट ओडिआई र टि२० आई दुवैमा शतक हान्ने पहिलो खेलाडी हुन् । पारसले नेपालका लागि १० ओडिआई, ३३ टि२० आई, २ प्रथम श्रेणी, ४६ लिष्ट ए र ५६ टि२० खेलेका छन् ।

एसियाको प्लेइङ ११ : तिलकरत्ने दिलसान, उपुलथरंगा, पारस खड्का, मिस्बाह उल हक, अस्गर अफगान, शाहिद अफ्रिदी(कप्तान), थिसरा परेरा, अब्दुर रजाक, सोहेल तनविर र अब्दुल रजाक ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.