3 years ago
March 11, 2023
एजेन्सी – युवा ब्याटर शुभमन गिलको शतकमा भारतले चौथो टेस्ट खेलमा अष्ट्रेलियालाई गतिलो जवाफ फर्काएको छ । तेस्रो दिनको खेल सकिँदा भारत पहिलो इनिङमा २८९–३ को बलियो अवस्थामा छ।

भारत अव १ सय ९१ रनले पछि छ । भारतका युवा ओपनर शुमभन गिलले २ सय ३५ बलमा १२ चौका र १ छक्कासहित १ सय २८ रनको शतकीय इनिङ खेले । गिलको यो टेस्ट करिअरको दोस्रो शतक हो । टेस्ट करिअरको उच्च प्रदर्शन हो ।
भारतका विराट कोहली १ सय २८ बलमा ५ चौकासहित ५९ रनमा क्रिजमा छन् । उनलाई रविन्द्र जडेजाले १६ रनमा साथ दिनेछन् । दोस्रो विकेटका लागि चेतेश्वर पुजारा र शुभमन गिलले १ सय १३ रनको शतकीय साझेदारी गरेका थिए । पुजारा १ सय २१ बलमा ३ चौकासहित ४२ रनमा आउट भए ।
भारतलाई ओपनर रोहित शर्मा र गिलले ७४ रनको साझेदारी गरेका थिए । रोहित ५८ बलमा ३ चौका र १ छक्कासहित ३५ रनमा आउट भए । अष्ट्रेलियाका नाथन लायन, टोड मर्फी र म्याथ्यु कुहनेमानले एक एक विकेट लिए ।
त्यअसघि अष्ट्रेलियाले पहिलो इनिङमा ४ सय ८० रनमा अल आउट भएको थियो । ओपनर उस्मान खवाजाले ४ सय २२ बलमा २१ चौकासहित १ सय ८० रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

क्यामरन ग्रीन १ सय ७० बलमा १८ चौकासहित १ सय १४ रनमा आउट भए । ग्रीनको यो अन्तर्राष्ट्रिय कुनैपनि संरचनाको पहिलो शतक हो । पाँचौं विकेटका लागि ग्रीन र उस्मान खवाजाले २ सय ८ रनको सानदार दोहोरो शतकीय साझेदारी गरेका थिए ।
ओपनर ट्रविस हेड भने ४४ बलमा ७ चौकासहित ३२, कप्तान स्टिभ स्मिथ १ सय ३५ बलमा ३ चौकासहित ३८, मार्नस लाबुसेन ३ र पिटर ह्यान्डस्कम्ब १७ रन मा आउट भए । टोड मर्फी ६१ बलमा ५ चौकासहित ४१ र नाथन लायन ९६ बलमा ६ चौकासहित ३४ रनमा आउट भए ।
भारतका रविचन्द्रन आश्विनले सर्वाधिक ६ विकेट लिए । मोहम्मद शामीले दुई, रविचन्द्र जडेजा र अक्षर पटेलले एक एक विकेट लिए । चार टेस्ट खेलको सिरिजमा भारत २–१ ले अघि छ ।
अष्ट्रेलिया आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा पुगि सकेको छ । भारतलाई भने फाइनल खेल खेल्न अन्तिम खेलमा जित आवश्यक पर्दछ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]