3 years ago
March 11, 2023
एजेन्सी – ओपनर शफाली बर्माको विष्फोटक ब्याटिङमा दिल्ली क्यापिटल्सले वुमन्स प्रिमियर लिग (डब्लूपिएल) मा गुजरात जायन्ट्सलाई १० विकेटले हराएको छ । जितको लागि १ सय ६ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले ७.१ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।

दिल्लीको जितमा शफाली बर्मा २८ बलमा १० चौका र ५ छक्कासहित ७६ रनमा अविजित रहिन् । कप्तान मेग ल्यानिङ १५ बलमा ३ चौकासहित २१ रनमा अविजित रहिन् ।
त्यसअघि डिआई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङ रोजेको गुजरातले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५ रन बनाएको थियो । गुजरातको जितमा किम ग्रेथले ३७ बलमा ३ चौकासहित सर्वाधिक ३१ रन बनाइन् । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
दिल्लीकी मरिजान कप्पले ४ ओभरमा १५ रन खर्चेर सर्वाधिक ५ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिन् । शिखा पाण्डेले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिइन् ।
दिल्ली ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा छ । मुम्बई ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमाछ । रोयल च्यालेन्जर्स बेंगलोर ४ खेलमा सबैमा हारसहित पुछारमा छ । पाँच टोली सहभागी प्रतियोगिता डबल राउन्ड रोविनको आधारमा हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]