default_image

3 years ago

March 12, 2023

पूर्वकप्तान रिजवान बेन्चमा, नेपाली टोलीमा दुई परिवर्तन

304 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युएईले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालविरुद्ध पूर्व कप्तान सिपी रिजवानलाई बेन्चमा राखेको छ । टियु क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

युएईले एक र नेपालले टोलीमा दुई परिवर्तन गरेका छन् । युएईले रिजवानलाई बेन्चमा राख्दै अश्वन्त वल्थापालाई डेब्यू दिएको छ । २१ वर्षीय बायाँ हाते विकेटकिपर वल्थापाले यू-१९ क्रिकेट युएईबाट खेलेका छन् । युएईले कप्तानबाट हटाएको दुई खेलपछि रिजवानलाई बेन्चमा राखेको हो ।

युएईले अन्तिम खेलमा घरेलु मैदान दुबईमा नेपालविरुद्ध रिजवानलाई कप्तानबाट हटाउँदै मोहम्मद वासिमलाई नेतृत्व दिएको थियो । रिजवानले पछिल्ला पाँच खेलमा १९, ७, १०, २२ र १ रन मात्रै बनाएका छन् । मध्यक्रम र तल्लोक्रम ब्याटिङ लगातार खराब प्रदर्शनपछि रिजवानलाई बेन्चमा राख्दै वल्थापालाई मौका दिएको हो । वल्थापा नेपाललाई सरप्राइज दिनसक्छन् । उनले यू१९ क्रिकेटमा राम्रो प्रदर्शन गरेका थिए ।

नेपालले ज्ञानेन्द्र मल्ल र करण केसीलाई बेन्चमा राखेको छ । नेपालले गुलशन झा र ललितनारायण राजवंशीलाई मौका दिएको छ । ज्ञानेन्द्र खराब प्रदर्शनका कारण टोलीमा नपरेको हुन सक्छन् । ज्ञानेन्द्रले पछिल्ला ९ इनिङमा क्रमश : ११, ११, ६, ०, ४, २१, ६५, ४ र २२ छ ।

ज्ञानेन्द्रले ६५ रन नामिबियाविरुद्ध टियु मैदानमै दुई साता अघि हानेका थिए । उक्त अर्धशतकपछि राम्रो प्रदर्शन छैन । नेपालले पावर प्लेमा विकेट लिन सकेको छैन । जसको कारण करणलाई बेन्चमा राखेर गुलशनलाई मौका दिएको हुनसक्छ । गुलशन मध्यक्रममा ब्याटिङ पनि गर्दछन् ।

पछिल्ला १० खेल मध्य ७ खेलमा युएई पराजित भएको छ । जसमध्य ५ खेल लक्ष्य पछ्याउँदा हारेको छ । पछिल्लो खेलमा नेपालले युएईलाई पहिला ब्याटिङ गर्दै जितेको थियो । नेपालले दिएको २ सय ३० रनको विजयी लक्ष्य पछ्याएको युएई १ सय ८७ रनमा अल आउट भएको थियो । मध्यक्रममा लगातार खराब ब्याटिङ गर्दै आएको छ । त्यसैको कारण नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।

नेपालको प्लेइङ ११ :

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, गुलशन झ, रोहित पौडेल (कप्तान), कुशल मल्ल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, ललित नारायण राजवंशी, सोमपाल कामी र सन्दीप लामिछाने ।

युएईको प्लेइङ ११ :

मोहम्मद वासिम (कप्तान), आयन खान, आर्यन लाक्रा, अश्वन्त वल्थापा (विकेटकिपर), आसिफ खान, जुनैद सिद्धिक, कार्तिक मयाप्पन, रोहन मुस्तफा, वृत्य अरविन्द, जहुर खान र जवार फरिद ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.