default_image

3 years ago

March 12, 2023

३३ छक्कासँगै पिएसएलमा बन्यो टि२० इतिहासकै सर्वाधिक रन

318 views

0 Bookmark

एजेन्सी – पाकिस्तान सुपर लिग (पिएसएल) मा ३३ छक्कासँगै टि२० इतिहासकै एकै खेलमा सर्वाधिक रन बनेको छ । मुल्तान सुल्तान र क्वेटा ग्ल्याडियटर्सबीचको खेलमा शनिबार राती कुल ५ सय १५ रन बनेको छ । मुल्तान ९ रनले विजयी हुँदा दुवै इनिङमा २ सय ५० रन कटेपछि नयाँ कीर्तिमान बनेको हो ।

टि२० क्रिकेट इतिहासमा पहिलो पटक एकै खेलमा ५ सय १५ रन बनेको हो । मुल्तानले २ सय ६२ र क्वेटाले २ सय ५३ रन बनाएका थिए । यसअघि एकै खेलमा टि२० मा दुई इनिङमा गरि कुल ५ सय १ रन बनेको थियो ।

गतवर्ष सिएसए टि२० च्यालेन्जमा टाइन्टन्स र नाइट्सबीचको खेलमा २ सय ७१ र २ सय ३० गरि कुल ५ सय १ रन बनेको थियो । २०१६ मा सुपर साम्समा ओटागो र सेन्ट्रल डिस्ट्रिकबीचको खेलमा ४ सय ९७ रन बनेको थियो ।

जितको लागि २ सय ६३ रनको विशाल विजयी लक्ष्य पछ्याएको क्वेटाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ५३ रन बनाउन सक्यो । टि२० क्रिकेटमा दोस्रो इनिङमा बनेको यो अहिले सम्मकै उच्च योगफल हो । यसअघि दोस्रो इनिङमा टि२० क्रिकेटमा सुपर साम्समा ओटागोले दिएको २ सय ५० रनको विजयी लक्ष्य पछ्याउनेक्रममा ४ विकेट गुमाउँदै २ सय ४८ रन बनाएको थियो ।

क्वेटाका इफ्तिखर अहमदले ३१ बलमा ४ चौका र ४ छक्कासहित ५३ रनको इनिङ खेले । ओपनर मार्टिन गुप्टिल १४ बलमा २ चौका र ४ छक्कासहित ३७ तथा उमर अकमल १० बलमा २ चौका र ३ छक्कासहित २८ रन जोडे । समग्रमा क्वेटाले १६ र मुल्तानले १७ छक्का प्रहार गरे । दुई टोलीबाट कुल ३३ छक्का एकै खेलमा प्रहार भयो ।

त्यसअघि रावलपिंडी क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुल्तानले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ६२ रन बनाएको थियो ।

मुल्तानको जितमा उस्मान खानले ४३ बलमा १२ चौका र ९ छक्कासहित १ सय २० रनको विष्फोटक शतकीय इनिङ खेले । उनले ३६ बलमा शतक पूरा गरेका थिए । पिएसएल इतिहासमा यो सर्वाधिक छिटो शतक हो । उनले मात्रै २४ घण्टा अघि मुल्तानकै राइली रोसोउले पेशावार जाल्मीविरुद्ध बनाएको ४१ बलको शतकको कीर्तिमान तोडेका थिए ।

२ सय ६२ रन पिएसएल इतिहासकै उच्च योगफल हो । यसअघि पिएसएलको उच्च योगफल २०२१ मा इस्लामबाद युनाइटेडले पेशावार जाल्मीविरुद्ध २ सय ४७ रन बनाएको थियो । पहिलो विकेटका लागि मोहम्मद रिजवान र उस्मान खानले मात्रै १० ओभरमा १ सय ५७ रनको विष्फोटक शतकीय साझेदारी गरेका थिए । । रिजवान २९ बलमा ६ चौका र २ छक्कासहित ५५ र राइली रोसोउ १५ रनमा आउट भए ।

टिम डेविड २५ बलमा १ चौका र ४ छक्कासहित ४३ रनमा अविजित रहे । काइरन पोलार्ड १४ बलमा २ चौका र १ छक्कासहित २३ रनमा अविजित रहे । क्वेटाका स्पिनर क्विस अहमदले ४ ओभरमा ७७ रन खर्चेर २ विकेट लिए । मोहम्मद नवाजले एक विकेट लिए ।

खेलको प्लेयर अफ द म्याच भने अब्बास अफ्रिदी चुनिए । मुल्तानका तीव्र गतिका बलर अब्बास अफ्रिदीले ह्याट्रिकसहित ४ ओभरमा ४७ रन खर्चेर ५ विकेट लिएका थिए । अब्बास अफ्रिदीले १७ औं ओभरको पाँचौं बलमा मोहम्मद नवाज, छैटौं बलमा उमिद आसिफ र १९ औं ओभरको पहिलो बलमा उमर अकमलाई आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

रावलपिंडीको पिच ब्याटिङ सहयोगी मानिन्छ । २ सय ४० रन पनि सुरक्षित देखिदैन । यसअघिको खेलमा शुक्रबार मुल्तान सुल्तानले पेशावार जाल्मीले दिएको २ सय ४३ रनको लक्ष्य पूरा गरेको थियो । २५ औं खेलमा जाल्मीले दिएको २ सय ४१ रनको लक्ष्य क्वेटा ग्ल्याडियटर्सले पूरा गरेको थियो । फ्याँट पिचमा लगातार रन बन्दै आएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.