3 years ago
March 13, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू-१९ क्रिकेट टोलीकी कप्तान कृतिका मरासिनीले आज विवाह गर्दैछिन् । कृतिकाले आज काठमाडौंमा अनिल रायासँग विवाह गर्न लागेकी हुन् । बुटवल ३ घर भएकी कृतिकाले काठमाडौं कपन घर भएका अनिलसँग विवाह गर्न लागेकी हुन् ।

३ वर्षअघि देखि चिनजान भएका कृतिका र अनिलले प्रेम सम्बन्धलाई मागेर विवाह गर्न लागेका हुन् । ‘आज विवाह हो । प्रेम तथा मागेर विवाह गर्न लागेको हो । चिनेको चाहिँ तीन वर्ष भयो’, कृतिकाले हाम्रो खेलकुदसँग भनिन् ।
अनिलले भने अष्ट्रेलियामा रोजगार गर्ने गर्दछन् । उनले भने क्रिकेटलाई नै निरन्तरता दिने बताएकी छिन् । ‘म अष्ट्रेलिया चाहिँ जादैन । म क्रिकेट नै खेल्छु र निरन्तरता दिन्छु । विवाह गर्दा नर्भस र उत्साहित दुवै छु’, उनले भनिन् ।
लुम्बिनी प्रदेशबाट घरेलु क्रिकेट खेल्ने कृतिकाले गत जुन पहिलो साता मलेसियामा भएको यू-१९ महिला विश्वकप एसिया छनोट क्षेत्र छनोटमा नेपालको कप्तानी गरेकी थिइन् । तर खराब प्रदर्शन गर्दै नेपाल पहिलो पटक सम्पन्न भएको टि२० महिला यू–१९ विश्वकप खेल्नबाट चुकेको थियो ।

कृतिकाले २०१९ मा काठमाडौंमा भएको वुमन्स च्याम्पियन लिग (डब्यूसिएल) विराटनगर टाइन्टसबाट खेल्दै प्रभाव छाडेकी थिइन् । त्यसअघि नै उनले लुम्बिनीबाट घरेलु क्रिकेट खेल्दै राम्रो प्रदर्शन गर्दै आएकी थिइन्।
२०१९ मा चीनमा भएको बि एण्ड आर कप प्रतियोगितामा कृतिका सर्वोत्कृष्ट बलर चुनिएकी थिइन् । स्पिनर कृतिका आगमी नेपाली क्रिकेटकी भविष्यको रुपमा हेरिदै आएकी छिन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]