default_image

3 years ago

March 13, 2023

नेपालको कसिलो सुरुवात

276 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध कसिलो सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले ५ ओभरमा १ विकेट गुमाउँदै १४ रन बनाएको छ । पिएनजीका सेसे बाउ र हिरि हिरि १२ रनमा क्रिजमा छन् ।

नेपाललाई बायाँ हाते स्पिनर ललितनारायण राजवंशीले चौथो ओभरको चौथो बलमा ओपनर किप्लिङ डोरिगालाई दुई रनमा बोल्ड गरे । लगातार डट बलको कारण दबाबमा परेका उनले ठूलो सट खेल्ने धुनमा मिस भएपछि अफ साइडको स्टम्पमा बल लाग्दै बोल्ड भएका थिए । उनले १६ बल खेलेका थिए । डोरिगा राम्रो लयमा छन् । पछिल्लो खेलमा युएईविरुद्ध डोरिगाले ५५ रनको इनिङ खेलेका थिए ।

नेपालले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । गुलशन झा बेन्चमा बस्दा करण टोलीमा फर्किएका छन् । अन्य परिवर्तन भने छैन ।

नेपाल पपुवा न्युगिनीमाथि लिग २ मा लगातार छैटौं जितका साथ सोझै विश्वकप छनोट खेल्ने अवसर देखि एक जित टाढा पुग्न चाहन्छ । नेपाल ३४ खेलमा १७ मा जित र १५ मा हारसहित ३६ अंकका साथ चौथो स्थानमा छ । नेपाल चौथो स्थानमा रहँदै आगमी चार वर्षको लागि ओडिआई मान्यता पक्का गरेको छ।

नेपालले अव बाँकी दुई खेल जितेमा ४० अंकका साथ शीर्ष तीनमा रहँदै आगमी जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोट सोझै खेल्न पाउँछ । दुई मध्य एक खेल पराजित भएमा भने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । त्यसैले नेपाल दुवै खेल जित्दै सोझै विश्वकप छनोट खेल्न चाहन्छ ।

यता पपुवा न्युगिनी ३४ खेलमा ५ मा जित र २८ मा हारसहित ११ अंकका साथ पुछारमा छ । पिएनजीले पुछारमा रहँदै प्लेअफ खेल्ने पक्का भएको छ । अव प्लेअफ क्वालिफायरमा शीर्ष दुईमा पर्न सकेमात्रै पिएनजीले विश्वकप छनोट खेल्न पाउँछ । त्यस्तै सोझै ओडिआई मान्यता अवसर गुमाएको पिएनजीले प्लेअफ क्वालिफायरमा जर्सी र क्यानडालाई पछि पार्न सके निरन्तरता पाउनेछ । अन्यथा चार वर्षको लागि ओडिआई मान्यता गुम्ने देखिन्छ ।

नेपालको प्लेइङ ११ :

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, करण केसी, रोहित पौडेल (कप्तान), कुशल मल्ल, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, ललित नारायण राजवंशी, सोमपाल कामी र सन्दीप लामिछाने ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.