default_image

1 year ago

March 13, 2023

आसिफ ओडिआईमा सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने नेपाली ब्याटर

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर आसिफ शेख ओडिआई क्रिकेटमा नेपालबाट सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने ब्याटर बनेका छन् । आसिफले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध २१ बलमा ८ चौका र ३ छक्कासहित ५३ रनमा अविजित रहे । आसिफले चाद सोपरलाई आठौं ओभरको चौथो बलमा चाद सोपरलाई छक्का हान्दै २१ बलमा अर्धधशतक […]

205 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर आसिफ शेख ओडिआई क्रिकेटमा नेपालबाट सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने ब्याटर बनेका छन् । आसिफले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध २१ बलमा ८ चौका र ३ छक्कासहित ५३ रनमा अविजित रहे ।

आसिफले चाद सोपरलाई आठौं ओभरको चौथो बलमा चाद सोपरलाई छक्का हान्दै २१ बलमा अर्धधशतक पूरा गरेका थिए । आसिफले चाद सोपरलाई आठौं ओभरमा पहिलो र दोस्रो बलमा चौका तथा तेस्रो र चौथो बलमा छक्का हान्दै २१ बलमा अर्धशतक पूरा गरेका थिए ।

त्यसअघिको ओभरमा भने आसिफ १७ बलमा ३३ रनमा खेलेका थिए । नेपालले मात्रै ३.२ ओभरमा ५० रन पूरा गरेको थियो ।जुन नेपालबाट ओडिआईमा एक ब्याटरले बनाएको सर्वाधिक छिटो अर्धशतक बनेको हो । यसअघि नेपालबाट सोमपाल कामीले २०१८ मा नेदरल्यान्ड्सविरुद्ध दोस्रो ओडिआई खेलमा ३८ बलमा अर्धशतक पूरा गरेका थिए । उक्त कीर्तिमान आसिफले तोडेका हुन् ।

ओडिआईमा विश्व क्रिकेटमा सर्वाधिक छिटो अर्धशतक भने दक्षिण अफ्रिकाका पूर्व ब्याटर एवि डिभिलिर्यले २०१५ मा वेस्टइन्डिजविरुद्ध १६ बलमै अर्धशतक प्रहार गरेका थिए । त्यस्तै टि२० आईमा भारतीय ब्याटर युवराज सिंहको नाममा छ । युवराज सिंहले २००७ मा इंग्ल्यान्डविरुद्ध १२ बलमा अर्धशतक पूरा गरेका थिए ।

अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट सर्वाधिक छिटो अर्धशतक भने ज्ञानेन्द्र मल्लको नाममा छ । ज्ञानेन्द्र मल्लले २०२० मा मलेसियाविरुद्ध टि२० आईमा २० बलमा अर्धशतक पूरा गरेका थिए । आसिफको यो ओडिआई करिअरको आठौं अर्धशतक हो ।

त्यस्तै रोहित पौडेलले नेपालबाट ओडिआईमा ८, ज्ञानेन्द्र मल्लले ७, कुशल भुर्तेल, कुशल मल्ल र आरिफ शेखले ४–४ अर्धशतक प्रहार गरेका छन् । दीपेन्द्रसिंह ऐरीले ३, पारस खड्का र देव खनालले २–२ अर्धशतक प्रहार गरेका छन् ।

May 5, 2024

सैनिक आवासियको जित

काठमाडौं (हाम्रो खेलकुद)– सैनिक आवासिय महाविद्यालयले जयकुमार नाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेटमा आइतबार जित हासिल गरेको छ । सैनिक आवासियले संस्कृती इन्टरनेसनल स्कुललाई ९० रनले हराएको छ । १ सय ९९ रनको लक्ष्य पछ्याएको संस्कृतीले २० ओभरमा ८ विकेटमा १ सय ८ रन मात्र बनाउन सक्यो । श्रीयांश अग्रवालले ३२ बलमा सर्वाधिक ४० […]

May 5, 2024

चेन्नाईको पञ्जाबविरुद्ध जित

एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा चेन्नाई सुपर किंग्सले पञ्जाब किंग्स माथि जित दर्ता गरेको छ । चेन्नाईले पञ्जाब माथि २८ रनको जित दर्ता गरेको हो । चेन्नाईले दिएको १६८ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि प्रभसिम्रन सिंहले २३ बलमा […]

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

Success

Thank you for your time.