default_image

1 year ago

March 13, 2023

खेलपछि टियु मैदानमा मेघ गर्जनसहित वर्षा

भुपेन्द्र जिसी, काठमाडौं आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाल र पपुवा न्युगिनीको खेलपछि टियु क्रिकेट मैदानमा वर्षा सुरु भएको छ । नेपालले टस जितेर पहिलो फिल्डीङ रोज्दै चाँडै खेल सक्दा सिधै विश्वकप छनोट खेल्ने आशा जीवित रहेको हो । यदि पहिलो इनिङ पूरै ५० ओभर चलेको भए नेपाल वर्षाका कारण अंक बाँड्न बाध्य हुने […]

201 views

0 Bookmark

भुपेन्द्र जिसी, काठमाडौं

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाल र पपुवा न्युगिनीको खेलपछि टियु क्रिकेट मैदानमा वर्षा सुरु भएको छ । नेपालले टस जितेर पहिलो फिल्डीङ रोज्दै चाँडै खेल सक्दा सिधै विश्वकप छनोट खेल्ने आशा जीवित रहेको हो । यदि पहिलो इनिङ पूरै ५० ओभर चलेको भए नेपाल वर्षाका कारण अंक बाँड्न बाध्य हुने सम्भावना थियो । अंक बाँडेको अवस्थामा नेपाल लिग-२ को शीर्ष ३ मा पर्ने सम्भावना पनि समाप्त हुने थियो ।

पपुवा न्युगिनीलाई ९ विकेटले हराउँदै खेल सकाएको थियो । जितको लागि ९६ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले ७.४ ओभरमा १ विकेट गुमाउँदै पूरा गरेको थियो । नेपालको जितमा आसिफ शेख २१ बलमा ८ चौका र ३ छक्कासहित ५३ रनमा नटआउट रहे । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनी ३२ ओभरमा ९५ रनमा अल आउट भएको थियो । नेपालका सन्दीप लामिछानेले १० ओभरमा १ मेडनसहित २५ रन खर्चेर ५ विकेट लिएका थिए ।

यो जितसँगै नेपाल ३५ खेलमा १८ मा जित र १५ मा हारसहित ३८ अंकका साथ चौथो स्थानमा छ । खेल सकिएको दुइ घण्टा नबित्दै टियुमा मेघ गर्जनसहित वर्षा भएको छ । वर्षा भएपछि मैदानको पिच र आउटफिल्ड अहिले पालले छोपिएर राखिएको छ । नेपाली टोली खेल सकिएपछि मैदानमै प्रशिक्षण गरिरहेको थियो । तर वर्षासँगै टोलीको प्रशिक्षण पनि अवरुद्ध भएको छ । तर समग्रमा नेपालले टस जितेर लक्ष्य पछ्याउने निर्णय थप फलदायी सावित भएको छ ।

खेल चाँडै नसकिएको भए आज नियमित ५० ओभर खेल भएको अवस्थामा वर्षाको कारण खेल प्रभावित हुने थियो । भारी वर्षा भएकाले पुन: खेल हुन नसक्दा भने नेपालले सोझै विश्वकप छनोट खेल्ने अवसर गुमाउथ्यो । आजको खेल यदि अंक बाँड्नु परेको भए नेपाल अन्तिम खेलमा विजयी भएपनि ३९ अंक हुने थियो । नेपाल र नामिबियाको समान ३९ अंक हुने थियो । यो अवस्थामा जित प्रतिशतको आधारमा नामिबियाले सोझै विश्वकप छनोटमा स्थान बनाउथ्यो ।

जित प्रतिशत समान हुँदापनि नेपालसँग राम्रो हेड टु हेड नतिजा रहेकाले नामिबिया अंक तालिकामा अघि रहँदै सोझै विश्वकप छनोटमा पुग्ने थियो । लिग–२ मा नेपालले ६ मध्य नामिबियालाई २ खेलमा हराउँदा ४ खेलमा पराजित भएको थियो ।

May 5, 2024

सैनिक आवासियको जित

काठमाडौं (हाम्रो खेलकुद)– सैनिक आवासिय महाविद्यालयले जयकुमार नाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेटमा आइतबार जित हासिल गरेको छ । सैनिक आवासियले संस्कृती इन्टरनेसनल स्कुललाई ९० रनले हराएको छ । १ सय ९९ रनको लक्ष्य पछ्याएको संस्कृतीले २० ओभरमा ८ विकेटमा १ सय ८ रन मात्र बनाउन सक्यो । श्रीयांश अग्रवालले ३२ बलमा सर्वाधिक ४० […]

May 5, 2024

चेन्नाईको पञ्जाबविरुद्ध जित

एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा चेन्नाई सुपर किंग्सले पञ्जाब किंग्स माथि जित दर्ता गरेको छ । चेन्नाईले पञ्जाब माथि २८ रनको जित दर्ता गरेको हो । चेन्नाईले दिएको १६८ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि प्रभसिम्रन सिंहले २३ बलमा […]

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

Success

Thank you for your time.