default_image

3 years ago

March 13, 2023

नेपालले बनायो एकै बलमा १६ रन

547 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीविरुद्ध एक बलमा १६ रन जोडेको छ । नेपालले सोमबार पपुवा न्युगिनीलाई ९ विकेटले हरायो । जितको लागि ९६ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले ७.४ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालको जितमा आसिफ शेख २१ बलमा ८ चौका र ३ छक्कासहित ५३ रनमा अविजित रहे । कुशल भुर्तेल १४ बलमा ४ चौका र २ छक्कासहित ३३ रनमा आउट भए । कुशल मल्ल १३ बलमा १ चौका र १ छक्कासहित १२ रनमा अविजित रहे । नेपालले दोस्रो ओभरका २६ रन बटुलेको थियो ।

खेलकै क्रममा नेपालले एक समय १ बलमा १६ रन बनाएको थियो । चोभार एण्डबाट आएका तीव्र गतिका बलर चाड सोपरले सुरुवाती पाँच बलमा दुई चौकासहित १० रन खर्चिएका थिए । अन्तिम बलमा उनले चौका खर्चिए । उक्त बल फ्रन्ट फुट नो बल भएको थियो । लगत्तै फ्रि हिटको अर्को फुल टस बल कम्मरमाथि उचाईका कारण नो बल हुन पुग्यो ।

दुवै नो बलमा कुशलले चौका हानेका थिए । दोस्रो फ्रि हिट बलमा कुशलले छक्का हानेपछि नेपालले उक्त बलमा कुल १६ रन जोडेको थियो । अर्थात दोस्रो ओभरको अन्तिम बलमा नेपालले दुई नो बलमा दुई चौका र एक छक्कासहित कुल १६ रन जोडेको थियो ।

ओडिआईमा एक बलमा सर्वाधिक धेरै रन भने अष्ट्रेलियाको नाममा छ । अष्ट्रेलियाले २००६ मा दक्षिण अफ्रिकाबीच एकै बलमा कुल २१ रन जोडेको थियो । रोजर टेलिमाचसले गरेको ४८ औं ओभरको पहिलो बलमा पहिलो नो बलमा चौका, त्यसपछि नो बलमा दुई रन, त्यसपछिको नो बलमा चौका, त्यसपछिको नो बलमा छक्का हान्दै कुल १९ रन जोडेका थिए ।

लगातार चार नो बलसँगै उनले दुई रन खर्चेपछि एक बलमा २१ रन खर्चिएका थिए । त्यो समय रिंकी पोन्टिङ र एन्ड्रयू साइमण्ड्सले मिलेर कुल २१ रन जोडेका थिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.