3 years ago
March 13, 2023
एजेन्सी – पहिलो टेस्ट खेलमा घरेलु टोली न्युजिल्यान्डले अन्तिम बलमा श्रीलंकामाथि दुई विकेटको रोमान्चक जित हात पारेसँगै भारत आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा पुगेको छ । जितको लागि २ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले ८ विकेट गुमाउँदै पूरा गर्यो ।

पाँचौं दिन खेल सकिन अन्तिम ओभर बाँकी रहँदा न्युजिल्यान्डलाई जितको लागि ८ रन चाहिँएको थियो । असिथा फ्रेनान्डोले पहिलो बलमा केन विलियम्सनलाई एक रन दिए । दोस्रो बलमा एक रन बटुले । तेस्रो बलमा म्याट हेनरी रन आउट भए ।
चौथो बलमा केन विलियम्सनले चौका हानेपछि दुई बलमा एक रन चाहिँएको थियो ।
पाँचौं बल विलियम्सनले डट हुन पुगे । खेल सकिन अन्तिम बल बाँकी रहँदा न्युजिल्यान्डलाई जितको लागि एक रन चाहिँएको थियो । केन विलियम्सनले लेग वाईको रुपमा एक रन बटुलेपछि न्युजिल्यान्ड दुई विकेटले विजयी भएको थियो । नन स्ट्राइकमा डाइरेक्ट थ्रोले स्टम्प ताकेपनि केन विलियम्सन रन आउटबाट बचेका थिए ।
त्यो जितसँगै भारत पनि फाइनलमा पुगेको थियो । आइसिसी विश्व टेस्ट च्याम्पियनसिप फाइनलमा आगमी जुन ७ देखि लन्डनमा सुरु हुने फाइनल हुनेछ । यदि दुवै खेल श्रीलंकाले दुवै खेल जितेको खण्डमा भारतले अष्ट्रेलियालाई अन्तिम खेलमा हराउनु पर्ने थियो । तर भारत र अष्ट्रेलियाबीचको खेल ड्र हुन पुगेको छ ।

न्युजिल्यान्डको जितमा केन विलियम्सनले १ सय ९४ बलमा ११ चौका र १ छक्कासहित १ सय २१ रनको अविजित शतकीय इनिङ खेले । डर्याल मिचेल ८६ बलमा ३ चौका र ४ छक्कासहित ८१ रनमा आउट भए । श्रीलंका असिथा फ्रेनान्डोले सर्वाधिक तीन विकेट लिए ।
श्रीलंका दोस्रो इनिङमा ३ सय २ रनमा अल आउट भयो । श्रीलंकाका एन्जिलो म्याथ्युजले १ सय १५ रनको शतकीय इनिङ खेले । न्युजिल्यान्डका ब्लेयर टिकनरले चार र म्याट हेनरीले तीन विकेट लिए । न्युजिल्यान्ड पहिलो इनिङमा ३ सय ७३ रनमा अल आउट भयो ।
न्युजिल्यान्डका डर्याल मिचेलले १ सय २ रनको शतकीय इनिङ खेलेका थिए । म्याच हेनरीले ७५ बलमा १० चौका र ३ छक्कासहित ७२ रनको इनिङ खेलेका थिए । श्रीलंका पहिलो इनिङमा ३ सय ५५ रनमा अल आउट भएको थियो । दुई टेस्ट खेलको सिरिजमा न्युजिल्यान्डले १–० को अग्रता लिएकोछ । अव दोस्रो टेस्ट खेल शुक्रबारदेखि सुरु हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]