default_image

1 year ago

March 13, 2023

‘आफ्नो सवै प्रयास गर्दै पुरै देशको नाम नै अगाडि बढाउने छु’-सन्दीप

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले आफ्नो तर्फबाट हुनसक्ने सवै प्रयास गर्दै देशको नाम अगाडि बढाउन प्रयास गर्ने बताएका छन् । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा सोमबार पपुवा न्युगिनीलाई ९ विकेटले हराउन पाँच विकेट लिएपछि सन्दीपले उक्त प्रतिक्रिया दिएका हुन् । ओडिआई क्रिकेटमा दुर्लभ विश्व कीर्तिमान नजिक पुगेका सन्दीपले खेलपछि […]

122 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले आफ्नो तर्फबाट हुनसक्ने सवै प्रयास गर्दै देशको नाम अगाडि बढाउन प्रयास गर्ने बताएका छन् । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा सोमबार पपुवा न्युगिनीलाई ९ विकेटले हराउन पाँच विकेट लिएपछि सन्दीपले उक्त प्रतिक्रिया दिएका हुन् ।

ओडिआई क्रिकेटमा दुर्लभ विश्व कीर्तिमान नजिक पुगेका सन्दीपले खेलपछि उक्त प्रतिक्रिया दिएका हुन् । ‘मैले मेरो बलिङमा रमाई राखेको छु । टिमको लागि राम्रो गर्न खोज्छु । आउने समयमा पनि जति अवसर पाउछु मैले धेरै भन्दा धेरै राम्रो गर्नेछु’, सन्दीपले पाँच विकेट लिएपछि भने ।

सन्दीप आफ्नो ओडिआई क्रिकेट करिअरमा १ सय विकेट लिन अव दुई विकेट टाढा छन् । सन्दीपले ४० खेलमा ९८ विकेट लिएका छन् । सन्दीपले बाँकी ३ खेलमा दुई विकेट लिएमा ओडिआई इतिहासकै सर्वाधिक छिटो १ सय विकेट पूरा गर्ने कीर्तिमान बनाउने छन् । ओडिआईमा सर्वाधिक छिटो १ सय विकेटको कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा छ । राशिद खानले ४४ खेलमा १ सय विकेट लिएका थिए ।

‘त्यसको लागि अझै समय पनिछ । तर त्यो भन्दा महत्वपूर्ण हाम्रो लागि आगमी खेल छ । त्यो हाम्रो लागि फाइनल हो । जिम्बावेमा सिधैं विश्वकप छनोट खेल्न पनि महत्वपूर्ण छ । शून्यबाट सुरुवात गर्दा यो उपलब्धी मेरो परिवार र टिमको लागि गर्व हुनेछ । मैले अगाडिको रुपमा हेरेको छु’, सन्दीपले एक सय विकेट पूरा गर्ने बारे भने ।

सन्दीपले आगमी बिहीबार युएईविरुद्ध उक्त उपलब्धी हात पार्न सक्ने वा नसक्ने प्रश्नमा नतिजा भने आफ्नो हातमा नहुने बताए । ‘म अहिले भन्न सक्दैन र नतिजा मेरो हातमा हुँदैन । मैले जसरी गर्न खोजेको छु त्यसरी नै गर्छु । अहिले सम्म मेरो बलिङ राम्रो भएको छ । आफ्नो तर्फबाट हुनसक्ने हरेक प्रयास गर्नेछु । म लगायत पुरै देशको नाम नै अगाडि बढाउने छु’, सन्दीपले भने ।

पछिल्लो समय नेपाली नेपाली क्रिकेट फेरिएको छ । पछिल्ला ११ मध्य १० खेल जित्दै आगमी चार वर्षको लागि ओडिआई मान्यता जोगाएको छ । नेपालले सानदार प्रदर्शन गरेको छ । सन्दीप हरेक खेलाडीले राम्रो प्रदर्शन गरेको बताउँछन् ।

‘सबैले प्रदर्शन गर्दा वातावरण धेरै राम्रो भएको छ । सबै जनाले एक अर्कालाई साथ र सहयोग दिएका छन् । प्रदर्शन कहिले हुन्छ । कहिले हुँदैन । कसरी एक अर्कालाई साथ दिन सक्निछ त्यो नै सवैभन्दा ठूलो कुरा हो । अहिलेको यो टिमको खासियत पनि त्यहिनै भएको छ । हरेक खेलमा कोहि न कोहि म्याच विनर आएको छ । पक्कैपनि टोलीमा केहि कुरा फरक छ’, उनले भने ।

‘खेल जति धेरै जित्यो खेलाडीको लागि त्यति राम्रो हुन्छ । प्रत्यक्ष उदाहरण हामीलाई १२ खेलमा ९ खेल जित्नु पर्ने थियो । जुन तरिकाले अहिले प्रदर्शन गरेका छौं । हामी सबैको लक्ष्य ओडिआई मान्यता त जोगायौं तर जिम्बावेको लागि सिधैं छनोट पनि छ । राम्रो धेरै नै नराम्रो समय थियो नेपाली क्रिकेटको लागि । हामी सकरात्मक सोचका साथ अघि बढ्ने छौं । अहिले टोलीले जुन तरिकाले प्रदर्शन गरेको छ यसले आगमी दिनमा फरक सफलता हात पार्नेमा कुनै शंका छैन’, सन्दीपले भने ।

मोन्टी देशाई नेपालको मुख्य प्रशिक्षक बनेपछि नेपाली टोलीमा धेरै परिवर्तन आएको छ । पछिल्ला ११ मध्य १० खेल जित्दै ओडिआई मान्यता पक्का गरेका छन् । सन्दीप यसको मुख्य श्रेय मोन्टीलाई जाने बताए ।

सन्दीपको उत्कृष्ट बलिङमा टियु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनी २२.५ ओभरमा ९५ रनमा अल आउट भएको थियो । सन्दीपले आफ्नो स्पेलको अन्तिम बलमा सेमो कमियालाई बोल्ड गर्दै करिअरको तेस्रो पटक ओडिआईमा तीन पटक पाँचमाथि विकेट पूरा गरेका थिए ।

सन्दीपले १० ओभरमा १ मेडनसहित २५ रन खर्चेर ५ विकेट लिए । सन्दीपले तेस्रो पटक ओडिआईमा पाँचमाथि विकेट लिएका हुन् । सन्दीपले आइसिसी विश्वकप लिग–२ मा २०२० फेब्रुअरी १२ मा टियु मैदानमा सन्दीपले ६ ओभरमा १ मेडनसहित १६ रन खर्चेर ६ विकेट लिएका थिए ।

सन्दीपले २०२१ सेप्टेम्बर १० मा पपुवा न्युगिनीविरुद्ध दोस्रो ओडिआई खेलमा अल अमरेतमा सन्दीपले ५.१ ओभरमा ११ रन खर्चेर ६ विकेट लिएका थिए । जुन ओडिआईमा नेपालको उत्कृष्ट बलिङ प्रदर्शन हो । सन्दीप करणपछि ओडिआईमा पाँचमाथि तीन पटक विकेट लिने नेपाली बलर बनेका छन् ।

नेपाल ३५ खेलमा १८ मा जित र १५ मा हारसहित ३८ अंकका साथ चौथो स्थानमा छ। नेपालले अन्तिम खेलमा बिहीबार युएईलाई पराजित गरे आगमी जुन जुलाईमा जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोट सोझै खेल्न पाउँछ । पराजित भएमा नेपालले यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नेछ ।

May 5, 2024

सैनिक आवासियको जित

काठमाडौं (हाम्रो खेलकुद)– सैनिक आवासिय महाविद्यालयले जयकुमार नाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेटमा आइतबार जित हासिल गरेको छ । सैनिक आवासियले संस्कृती इन्टरनेसनल स्कुललाई ९० रनले हराएको छ । १ सय ९९ रनको लक्ष्य पछ्याएको संस्कृतीले २० ओभरमा ८ विकेटमा १ सय ८ रन मात्र बनाउन सक्यो । श्रीयांश अग्रवालले ३२ बलमा सर्वाधिक ४० […]

May 5, 2024

चेन्नाईको पञ्जाबविरुद्ध जित

एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा चेन्नाई सुपर किंग्सले पञ्जाब किंग्स माथि जित दर्ता गरेको छ । चेन्नाईले पञ्जाब माथि २८ रनको जित दर्ता गरेको हो । चेन्नाईले दिएको १६८ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि प्रभसिम्रन सिंहले २३ बलमा […]

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

Success

Thank you for your time.