default_image

1 year ago

March 13, 2023

यू १९ क्रिकेट टोलीका सुवास गृह जिल्लामा सम्मानित

अर्जुन कार्की, बागलुङयू १९ विश्व कपका लागि छनोट भएको नेपाली क्रिकेट क्रिकेट टोलीका सदस्य सुवास भण्डारी गृह जिल्ला बागलुङमा सम्माति भएका छन् । बागलुङबाट देशको प्रतिनिधित्व गर्दै विश्वकप पु¥याउन सफल भएकोमा सुवासलाई जिल्ला क्रिकेट संघ बागलुङले आइतबार सम्मान गरेको हो । हालै युएईमा सम्पन्न एसिया छनोट च्याम्पियन बनेको नेपाल सन् २०२४ मा हुने आईसीसी यू–१९ […]

196 views

0 Bookmark

अर्जुन कार्की, बागलुङ
यू १९ विश्व कपका लागि छनोट भएको नेपाली क्रिकेट क्रिकेट टोलीका सदस्य सुवास भण्डारी गृह जिल्ला बागलुङमा सम्माति भएका छन् । बागलुङबाट देशको प्रतिनिधित्व गर्दै विश्वकप पु¥याउन सफल भएकोमा सुवासलाई जिल्ला क्रिकेट संघ बागलुङले आइतबार सम्मान गरेको हो ।

हालै युएईमा सम्पन्न एसिया छनोट च्याम्पियन बनेको नेपाल सन् २०२४ मा हुने आईसीसी यू–१९ विश्वकप क्रिकेटका लागि छनोट भएको थियो । युएईबाट फर्केर पहिलो पटक गृह जिल्ला बागलुङ आएका सुवासलार्य संघले सम्मान गरेको हो । संघका अध्यक्ष विष्णु आचार्यले सुवासले विश्वकपमा पु¥याउन योगदान गरेकोले सम्मान गरिएको बताए । उनलाई ५ हजार रुपैयाँले सम्मान गरिएको थियो ।

सुवासले प्रतियोगिताका ५ खेलमा ४३ ओभरमा १ सय १५ रन खर्चेर ७ विकेट लिएका थिए । उनले डेब्यू खेलमा सिंगापुरविरुद्ध १० ओभरमा १ मेडनसहित २९ रन खर्चेर २ विकेट लिएका थिए । त्यस्तै सो खेलमा ८ बलमा १ चौकासहित १२ रनमा अविजित रहेका थिए । दोस्रो खेलमा कुवेत विरुद्ध विकेट विहिन बनेका सुवासले तेस्रो खेलमा हङकङ विरुद्ध १० ओभरमा ३ मेडनसहित १० रन खर्चेर २ विकेट लिए । उनले चौथो खेलमा मलेसिया विरुद्ध ९ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए ।

नेपालले आइसिसी यू१९ विश्वकप एसिया क्षेत्रको निर्णायक (पाँचौं) खेलमा घरेलु टोली युएईलाई ७ रनले हराउँदै ८ वर्षपछि विश्वकपमा स्थान बनाउँदा सुवासको प्रदर्शन महत्वपूर्ण रहेको थियो । बलिङमा कमजोर सुरुवातपछि टोलीलाई खेलमा फर्काउन स्पिनर सुवासले मध्यक्रममा राम्रो प्रदर्शन गरेका थिए ।

May 5, 2024

सैनिक आवासियको जित

काठमाडौं (हाम्रो खेलकुद)– सैनिक आवासिय महाविद्यालयले जयकुमार नाथ स्मृति यु १६ अन्तर स्कुल क्रिकेटमा आइतबार जित हासिल गरेको छ । सैनिक आवासियले संस्कृती इन्टरनेसनल स्कुललाई ९० रनले हराएको छ । १ सय ९९ रनको लक्ष्य पछ्याएको संस्कृतीले २० ओभरमा ८ विकेटमा १ सय ८ रन मात्र बनाउन सक्यो । श्रीयांश अग्रवालले ३२ बलमा सर्वाधिक ४० […]

May 5, 2024

चेन्नाईको पञ्जाबविरुद्ध जित

एजेन्सी – इंडियन प्रिमियर लिग अन्तर्गत आईतबार भएको पहिलो खेलमा चेन्नाई सुपर किंग्सले पञ्जाब किंग्स माथि जित दर्ता गरेको छ । चेन्नाईले पञ्जाब माथि २८ रनको जित दर्ता गरेको हो । चेन्नाईले दिएको १६८ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो । पञ्जाबका लागि प्रभसिम्रन सिंहले २३ बलमा […]

May 4, 2024

नेपाल सिरिजको अन्तिम खेलमा विजयी  

काठमाडौँ (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्धको टि-२० श्रृंखलाको अन्तिम खेलमा नेपाल विजयी भएको छ । एक खेल अगावै सिरिज गुमाएको नेपाल अन्तिम खेलमा भने ६ विकेटले विजयी भएको हो । नेपालले पाएको १७३ रनको लक्ष्य नेपालले  ४ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्यो । नेपालको जितमा अनिल साहले ४५ बलमा ५८ […]

Success

Thank you for your time.