default_image

3 years ago

March 13, 2023

पारसको टोलीले जायन्ट्सलाई दियो बलियो लक्ष्य

425 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले लेजेन्ड्स क्रिकेट लिगमा वर्ल्ड जायन्ट्सलाई १ सय बलियो लक्ष्य दिएको छ ।

दोहामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एसियाले निर्धारित १० ओभरमा ३ विकेट गुमाउँदै ९९ रन बनायो । लायन्सका मिस्बाह उल हक १९ बलमा ४ चौका र ३ छक्कासहित ४४ रनमा अविजित रहे ।

तिलकरत्ने दिलशान २४ बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा अविजित रहे । चौथो विकेटका लागि मिस्बाह र दिलशानले ६० रनको साझेदारी गरेका थिए । नेपालका पूर्व कप्तान पारस खड्का टोलीको प्लेइङ ११ मा परेपनि ब्याटिङ गर्ने अवसर भने पाएनन् ।

ओपनर उपुल थरंगा एक रनमा रिकार्डो पावेलको बलमा बोल्ड भए । थिसेरा परेरा १० र शाहिद अफ्रिदी २ रनमा आउट भए । अफ्रिदी क्रिस गेलको बलमा ठूलो सट खेल्ने धुनमा केभिन ओ ब्रायनबाट क्याच आउट भए ।

भिजेको आउट फिल्डको कारण निर्धारित समय भन्दा झण्डै तीन घण्टापछि खेल सुरु भएपछि १०.१० ओभरमा खेल झारिएको थियो । एसिया लायन्सले पहिलो खेलमा इन्डिया महाराजसलाई ९ रनले हराएको थियो । जायन्ट्सले इन्डियालाई २ रनले हराएको थियो । पारसले पहिलो खेलमा भारतविरुद्ध २ बलमा ३ रन बनाएका थिए ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.